कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयबाट अवरोध

१० असार ७७, बिहीबार

११ असार, पोखरा ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयबाट अवरोध भएको छ ।

बुधबार राति निधन भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले मजुवामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाटनजिकै टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गर्दा झडप हुन पुगेको छ ।

झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडप भएको हो । नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवा घाट तय गरेको थियो ।

जसअनुसार प्रहरील शवबाहनमा राखेर मृतकको शव घाटमा लगेको थियो । यता कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले शव लैजाने क्रममा स्थानीयबाट अवरोध भएपछि झडप हुन पुगेको बताए । यद्यपी झडपकै बीच शवको ब्यवस्थापन भने भएकोे छ ।

यता महानगरपालिकाले भने शव व्यवस्थापन गर्ने काममा अवरोध गर्न नहुने बताएको छ । ‘शबलाई कहिँ न कहिँ त व्यवस्थापन गर्नैै पर्यो, मजुवा घाट बस्तीबाट टाढा भएकाले शव व्यवस्थापन गर्दा केहिी अफ्ठ्यारो नपर्ने भएकाले उक्त ठाउँ चयन गरिएको हो ।’ पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।

यसअघि पनि शव व्यवस्थापन गर्ने क्रममा कास्कीमा झडप भएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top