कोरोना सङ्क्रमणका कारण नेपाल प्रहरीका डीएसपी खरेलको ज्यान गयो

९ जेठ ७८, सोमबार

१० जेठ, काठमाडौं ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) समिरचन्द्र खरेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा दुई सातायता उपचारमा रहेका खरेलको सोमबार अपराह्न मृत्यु भएको हो । प्रहरी महानिरीक्षकको सचिवालयले खरेलको मृत्यु भएको पुष्टि गरेको छ ।

Advertisement

खरेल २०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी २०५८ सालमा प्रहरी निरीक्षक बनेका थिए ।

हाल प्रहरी उपरीक्षक (एसपी) बढुवाको क्रममा रहेका खरेल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत् थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top