विराटनगर,साउन २२
विराटनगर–४ बस्दै आएका मोरङको बेलबारी डाँगीहाट–८ का रामेश्वर विक्रम थापाले सहयोगको अपिल गरेका छन । आज विराटनगरमा पत्रकार सम्मेलन गरी क्यान्सर पीडित ५५ बर्षीय रामेश्वर विक्रम थापाले जीवनरक्षा गरिदिन सबैसँग अपिल गरेका हुन ।
फोक्सोको क्यान्सर र ब्रेन क्यान्सरबाट पीडित थापाले अहिलेसम्म आफ्नो जायजेथा विक्री गरेर ३५ लाख खर्च गरिसकेको बताए। उपचारका लागि खर्चको अभाव भएकाले सहयोग गर्न उनले सबैसँग आग्रह गरेका छन ।
नेपाल मेडिकल बोर्डबाट यो रोगको उपचार नेपालभित्र हुन नसक्ने भनेपछि उनी अहिले भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन । उनले तत्काल ५ लाखको अर्को शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगी मनहरुलाई सहयोग जुटाइदिन अनुरोध गरेका छन ।