काठमाडौं, भदौ ५
नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आतंकबादी रहेको आरोप लगाएका छन् ।
मंगलबार संसद बैठकमा बोल्दै उनले राजनीतिको आवरणमा आतंकवादी शैलिमा जनतालाई डर धम्की दिँदै लुटपाट गर्दैआएको आरोप लगाएका हुन् ।
पक्राउ परेका प्रकाण्डको गत शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटको सुुनु्वाइ भएको दिन उनी ९ बजेसम्म रजिस्ट्रारको कार्यालयमा बसेको भन्दै सांसद बस्नेतले उनलाई कसले अनुमति दियो भनी प्रश्न गरे ।
अदालतले न्याय नपाएका धेरैको मुद्दालाई स्थगनमा राखे पनि लुटपाट र आतंकवादी क्रियाकलापमा संलग्न प्रकाण्डको मुद्दालाई भने प्राथमिकता दिएको भन्दै सांसद बस्नेतले आक्रोश पोखे ।