‘खनाल–नेपाल समूह प्रतिक्रियावादी शक्तिको मतियार हो’ : प्रधानमन्त्री ओली

८ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूह प्रतिक्रियावादी शक्तिको मतियार भएको आरोप लगाएका छन् ।

खनाल–नेपाल समूहका नेताहरुले निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको भन्दै उहाँले कम्युनिष्ट आन्दोलनकाविरुद्ध इतिहासमा कहीँ नदेखिएको अनुशासनहीनता र अराजकता देखिएको बताए ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बीच उचाइमा पु¥याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाइएको आरोप लगाए ।

यस्तै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई ’तिमी’ भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि पनि जनाएका छन् । नेपाली कांग्रेसको सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेकपा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ वर्षदेखि मानिसलाई गम्भीर प्रकारका आरोपहरु लगाइरहेको पनि बताए । प्रचण्डले असभ्यताको र संस्कारहीनताको पराकाष्ठा देखाएको उनको आरोप छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top