सुनसरी,असोज ६
शुक्रबार अबेरराति सम्म बसेको संघीय सरकारको मन्त्रीपरिषद् बैठकले सुनसरीमा अज्ञात समूहले गोली हानी हत्या गरिएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गरेको छ ।
साथै बैठकले पिडित परिवारलाई १० लाख राहत दिने निर्णय समेत गरेको छ ।
मन्त्रीपरिषद् बैठकका अन्य निर्णयहरु यस्ता छन् :
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।
सरकारले माथिल्लो अरुण आयोजना आफ्नै स्वामित्वमा रहने गरी विद्यूत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी मार्फत् बनाउने निर्णय भएको छ । २०६९ फागुन ४ को निर्णय संशोधन गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरको हो ।
मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक एआईजीमा बढुवाको सिफारिसलाई अनुमोदन गरेको छ । बढुवा सिफारिस समितिको सिफारिस अनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवासँगै उनीहरुको जिम्मेवारी पनि तोकिएको छ । कार्कीले प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग सम्हाल्ने छन् भने राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ ।
बिहीबार सुनसरीमा हत्या भएका नेकपा कार्यकर्ता खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।
अनुसन्धान प्रतिष्ठान नामको थिंक ट्यांक समूह बनाउने निर्णय गरेको छ जसको संयोजक प्रा.डा.चैतन्य मिश्रलाई बनाइएको छ । प्रतिष्ठानका सदस्यहरुमा डा. मिना आचार्य, प्रा. डा.राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ रहने छन् ।
मुक्त कमैया तथा हलियाहरूको पुनर्स्थापना समस्या समाधान आयोग गठन संसोधन गरेको छ ।
संघीय पर्यटन ऐन तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने नागरिक उड्डयन प्राधिकरण संचालन सम्वन्धि नयाँ ऐन ल्याउन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम संचालन कार्यबधि २०७५लाई स्वीकृत गरेको छ ।