२ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कास्कीका ६ जना, स्याङजाका सात जना, तनहुँका तीन जना, बागलुङ, लमजुङ र नवलपरासी पूर्वका दुई÷दुई जना, काठमाडौं, रुपन्देही, मुस्ताङ, म्याग्दी, गोरखा र दाङका एक÷एक जना संक्रमितको मृत्यु भएको हो ।