चट्याङले लागेर २ जनाको मृत्यु,२ जना गम्भीर

विराटनगर, चैत २३
शनिबार चट्याङ्ले लागेर १ नम्बर प्रदेशको झापा र मोरङमा २ जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–३ मा चट्याङ लागेर १ बालिकाको मृत्यु भएको छ ।

दिउँसो पौने २ बजे घर नजिकै रहेको बारीमा गाईवस्तु फुकाउन जाने क्रममा चट्याङ लागेर सोही स्थान बस्ने १० वर्षीया आरधना राजवंशी गम्भीर घाइते भएकी थिईन् । चट्याङ लागेर घाइते भएकी बालिकालाई उपचारको लागि बिराट मेडिकल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै झापाको मेचीनगर–१५ ज्यामिरगढीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने े २ जना घाइते भएका छन् ।बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेको अवस्थामा चट्याङले लाग्दा सोही स्थान बस्ने ४० वर्षीय प्रकाश राउत, उनकी श्रीमती ३५ वर्षीया सुनिता राउत र भाउजु ३६ वर्षीया मञ्जु राउत घाइते भएका थिए ।

Advertisement

चट्याङ लागेर घाइते भएका तीनै जनालाई उपचारको लागि ओमसाइ पाथिभरा अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा प्रकाश राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाईते २ जनाको अवस्था गम्भीर रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

सम्बन्धित समाचार

Scroll to Top