चतवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा आशातित् वृद्धि भएन

१५ माघ ७४, मंगलबार

चितवन, माघ १६
चितवन राष्ट्रिय निकुञ्ज भित्रने पर्यटकको संख्यामा यसवर्ष आशातित् वृद्धि नभएको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको छ महिनामा गत आर्थिक वर्षको छ महिनामा भन्दा न्यून संख्याले मात्रै पर्यटक वृद्धि भएको पाइएको हो ।

निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको छ महिनामा विदेशी ४६ हजार ७ सय ८९, सार्क मुलुकका सात हजार ४४ र नेपाली १३ हजार २९० गरी ६७ हजार १२३ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् ।

गत आवको सोही अवधिमा ६३ हजार ८सय ५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आर्थिक वर्षको छ महिनामा भन्दा चालू आवको सोही अवधिमा तीन हजार ३१८ पर्यटकमात्र वृद्धि भएका छन ।

Advertisement

चालु आवमा विदेशी ८७ हजार १९०, सार्कका १५ हजार ८७९ र नेपाली ३६ हजार ५६ गरी एक लाख ३९ हजार १२५ पर्यटकले निकुञ्ज घुमेको तथ्यांकले देखाएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बाढीका कारण आशातीत पर्यटक निकुञ्ज नभित्रिएको बताए । निकुञ्जमा चालू आवमा एक लाख ५० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको अर्यालले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top