चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

३ असार ७५, सोमबार

काठमाडौँ, ४ असार
एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि रु ७९ अर्ब ४० करोड ५१ लाख ९० हजारबराबरको प्रतिबद्धता आएको छ ।

कृषि तथा वनजन्य उद्योग १००, निर्माण दश, ऊर्जासँग सम्बन्धित १८, सञ्चार प्रविधि १०, उत्पादनमूलक उद्योग २६५, खानीजन्य उद्योग ४७, सेवा क्षेत्र ४०३ र पर्यटन उद्योगसँग जोडिएका ४४६ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । ती उद्योगबाट करीब ६० हजारले रोजगारी पाउनेछन् । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले पछिल्लो दिनमा चिनियाँ लगानी बढ्दै गएको बताए ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्न लागको चीन भ्रमणका क्रममा केही ठूला भौतिक पूर्वाधारका योजनामा चिनियाँ सहयोग उपलब्ध गराउन आग्रह गर्ने तयारी गरिएको छ । हिमालय सीमापार रेलमार्ग, विभिन्न सडक करिडोर निर्माण, ऊर्जा जलस्रोत क्षेत्रमा साझेदारी र लगानीका विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा द्विपक्षीय सहमति गरिने बताइएको छ ।

आगामी आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्राथमिकता दिएको छ । यस्तो सन्दर्भमा पछिल्लो दिनमा चिनियाँ लगानीको प्रतिबद्धता गुणात्मक र मात्रात्मकरुपमा समेत बढेको प्रवक्ता भुसालको भनाइ छ ।

विभागका अनुसार चीनको हङ्कङबाट ४० उद्योग स्थापनाका लागि रु २७ अर्ब ३६ करोड ६६ लाखबराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमा निर्माण दुई, ऊर्जा, दुई, सञ्चार प्रविधि एक, उत्पादनमूलक सात, सेवामूलक १४ र पर्यटनका १४ उद्योग स्थापनाका लागि प्रतिबद्धता प्राप्त भएको हो । ती उद्योगबाट करीब पाँच हजार जनाले रोजगारी पाउनेछन् ।

यस्तै चीनको ताइवानबाट १९ उद्योग स्थापनाका लागि रु ४० करोड ४६ लाख २० हजारबराबरको प्रतिबद्धता प्राप्त भएको छ । ती उद्योगले करीब एक हजारजनालाई रोजगारी प्रदान गर्नेछ । कृषि, सञ्चार प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्योग र पर्यटनमूलक उद्योग स्थापना हुनेछन् ।

चीनबाट ठूला ३९, मझौला १०४ र साना एक हजार एक हजार १५६ उद्योग स्थापनाका लागि प्रस्ताव आएको विभागको भनाइ छ । यस्तै हङ्कङबाट ठूला ११, मझौला नौ र साना २० उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । विभागले दिएको जानकारीअनुसार चीनको ताइवानबाट एक ठूला उद्योग, चार मझौला र १४ साना उद्योग स्थापनाका लागि प्रस्ताव आएको छ । प्राप्त भएका प्रस्तावलाई आवश्यक प्रक्रिया पु¥याएर उद्योग स्थापनाका लागि स्वीकृति दिइसकिएको छ ।

पछिल्लो समयमा चिनियाँ लगानीकर्ता जलविद्युत्, सिमेन्ट, पर्यटन तथा सेवामूलक क्षेत्रमा आकर्षित भएका छन् । रु ३६ अर्ब लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन शुरु गरिसकेको छ । यस्तै रु १५ अर्ब लगानीको अर्को सिमेन्ट उद्योग स्थापनाका लागि चिनियाँ कम्पनी हुवाजिनले लगानी बोर्डसँग प्रारम्भिक सम्झौता गरिसकेको छ ।

यस्तै पछिल्ला दिनमा निजी क्षेत्रको सहकार्यमा विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ लगानीकर्ता आकर्षित भएका छन् । सुपर साञ्जेन, रसुवा भोटेकोशी, खिम्ती दुई, त्रिशूली गल्छीजस्ता आयोजनामा चिनियाँ लगानी आकर्षित भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणपछि थप लगानी भित्रने निजी क्षेत्रको विश्वास छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सरकारी र निजी क्षेत्रको साझा प्रयत्नमा विकास निर्माणका योजना अगाडि बढाउन भ्रमणबाट थप बल पुग्ने विश्वास व्यक्त गर्छन् ।

उनले प्रधानमन्त्रीको भ्रमणपछि केही ठूला परियोजनामा चिनियाँ लगानी भित्रने बताए । यस्तै बुटवल पावर कम्पनीको साझेदारीमा करीब एक हजार मेगावाट क्षमताको आयोजना निर्माणका लागि चिनियाँ लगानी भित्र्याउने तयारीसमेत गरिएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top