×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नोबेलको शिविरबाट महिनामै २० हजार बिरामीको निःशुल्क उपचार !

विराटनगर, असार ४
विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ ।

०७५ जेठ महिनाको अवधिमा स्वास्थ्य शिविर मार्फत २० हजार ४ सय २५ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement

जेठ १ देखि ३१ गतेसम्म पूर्वका बिभिन्न जिल्लामा २१ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँ–गाउँका बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार मोरङ, झापा, सुनसरी, धनकुटा, संखुवासभा, सप्तरी, उदयपुर लगायत जिल्लामा निःशुल्क शिविर गरिएको छ ।

धनकुटाको पाख्रीवास, झापाको बनियानी र गौरादहमा आयोजित निःशुल्क शिविरमा बिरामीको अत्याधिक चाप थियो । निःशुल्क शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरे पनि निःशुल्क उपलब्ध गराईएको छ ।

स्थानीय संघसस्थासँग समन्वय गरेर सञ्चालन गरिदै आएको शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले बिरामीको उपचार गर्ने गरेका छन् । अधिकांस शिविरमा दम रोगी, आङ खस्ने समस्या भएका महिला, छाला रोगी र हाडजोर्नी सम्बन्धि समस्याका बिरामी बढी मात्रामा आएका थिए ।

उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘दुरदराजका गरिव बिरामीलाई लक्षित गरेर नियमित निःशुल्क शिविर सञ्चालन गर्दै आएका छौ ।’ डा.शर्माले भने ‘नोबेललाई नाफामुखी हैन सेवामुखी भावले अघि बढाईरहेका छौ ।’

०७४ सालको अवधिमा नोबेलले पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरी ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गर्नुका साथै अस्पतालबाट ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य बरावरको निःशुल्क उपचार गरिएको थियो ।

Advertisement

पछिल्लो समय नोबेलले तुलनात्मक रुपमा शिविरको संख्या बढाउँदै लगेपछि लाभान्वित हुँने बिरामीको संख्या पनि ह्वात्तै बढेको हो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top