इराकीलाई लियोको सम्मान

विराटनगर ,असार ४
लियोका बहुजिल्ला परिषद् ३२५ का प्रिसिडेन्ट लियो चाँदबाबु इराकीलाई लियो क्लव अफ विराटनगर युनिकले सम्मान गरेको छ ।

Advertisement

आईतबार लियो क्लब अफ विराटनगरले लिडरसिप कार्यक्रमको अबसर पारेर विराटनगरमा आयोजित कार्यक्रममा इराकीलाई सम्मान गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथी एवम् विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राजनितिज्ञ हाजि अहम्मदले संयुक्तरूपमा  सम्मान स्वरुप मायाको चिनो प्रदान गरे।

Advertisement

इराकी नेपालको पहिलो बहुजिल्ला परिषद्का प्रिसिडेन्ट हुन् । उनले लियो क्लवमा रहेर विभिन्न सामाजिक कार्यका साथै उत्प्रेरणामूलक जीवन उपयोगी तालिमहरु सञ्चालन गर्दे आएका छन् ।

कार्यक्रममा उदाहरणीय काम गर्ने विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले क्रिकेटको बारेमा सहभागीहरुसंग कुराकानी गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top