१७ चैत, मोरङ । मोरङ मिक्लाजुङ गाउँपालिका-६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
गएराती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले किल्ची गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजादै गर्दा रातको ११ बजे बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।