विराटनगर ः राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको छ ।केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना सुरु हुनुभन्दा तीन बर्ष अघि देखि २०७८ को तयारी सुरु गरेको हो । विभागले तयारी सन्दर्भका लागि प्रदेशस्तरीय कार्यक्रम गरी सुझाव संकलन गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय जनगणनाका विषयमा तीनतहको सरकारलाई कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल भएको थियो । गणनालाई प्रभावकारी बनाउन स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग छलफल गरेर अघि बढ्ने जनाईएको छ ।
यसपटकको जनगणना दुई ढाँचामा सञ्चालन हुने विभागका निर्देशक ढुण्डीराज न्यौपानेले बताए । पहिलो चरणमा परिवार सुचीकरण तथा दोस्रो चरणमा ब्यक्तिगत गणना मुल प्रश्नावली अनुसार गणना हुने छ । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।