NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

जमाल खसोग्जीः पक्राउ र हत्या गर्ने योजनामा साउदी युवराजको स्वीकृति

शनिबार फाल्गुन १५ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
जमाल खसोग्जीः पक्राउ र हत्या गर्ने योजनामा साउदी युवराजको स्वीकृति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ फागुन, बीबीसी ।
अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको छ।

बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा युवराजले खसोग्जीलाई पक्राउ गर्न अथवा हत्या गर्ने योजनालाई स्वीकृति दिएका थिए। अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन।

साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई नकारात्मक, झुटो र अस्वीकार्य बताएको छ। साउदीमा प्रमुख नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले खसोग्जी हत्यामा उनको कुनै पनि भूमिका रहेको भन्ने अस्वीकार गरेका छन्।

Advertisement

खसोग्जी इस्तानबुलमा रहेको कन्सुलेट भ्रमण गर्दा टर्कीमा मारिएका थिए र उनको शरीर टुक्रा टुक्रा पारिएको थियो।

५९ वर्षीय पत्रकार खसोग्जी कुनैबेला साउदी सरकारका सल्लाहकार थिए र राज परिवारसँग निकट थिए। तर पछि उनी टाढिए र स्व–निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका थिए।

त्यहीँ उनले वाशिङ्टन पोष्टका लागि मासिक स्तम्भ लेख्थे जसमा उनले युवराज मोहम्मदको नीतिहरूको आलोचना गर्ने गर्थे। अमेरिकी गुप्तचर निकायको निर्देशकको कार्यालयले तयार पारेको रिपोर्टमा भनिएको छ, साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले इस्तानबुलमा साउदी पत्रकारलाई पक्राउ गर्न या हत्या गर्ने योजना अनुमोदन गरेका थिए भन्ने हाम्रो ठम्याइ छ।

युवराज साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउदका छोरा हुन् र उनलाई देशको प्रभावशाली शासकका रूपमा लिइन्छ।

गुप्तचर रिपोर्टले उक्त कारबाही साउदी युवराजले गराएका थिए भन्ने निष्कर्षमा पुग्न तीनवटा कारण देखाएको छ। रिपोर्टमा खसोग्जीको हत्यामा संलग्न भनेर आरोपितहरूको नाम पनि उल्लेख गरिएको छ।

तर रिपोर्टमा भनिएको छ, उनीहरू कहिलेदेखि त्यसमा संलग्न थिए भन्ने चाहिँ हामीलाई थाहा छैन।

साउदी अधिकारीहरूले ती पत्रकारलाई देशमा फर्काउन पठाइएको समूहले गरेको गलत कारबाहीका कारण मारिएको आरोप लगाउँछन् र गत सेप्टेम्बर महिनामा साउदी अदालतले पाँचजनालाई पहिले फासी तर पछि बीस वर्षको जेल सजाय सुनाएको थियो।

सन् २०१९ मा संयुक्त राष्ट्र संघीय विशेष दूत एगनेस कालामार्डले साउदी राज्यलाई खसोग्जीको हत्या गराएको भन्दै न्यायालयको दुरुपयोग गरेको आरोप लगाएका थिए।

रिपोर्ट सार्वजनिक भए लगत्तै अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले केही साउदीहरूमाथि यात्रा प्रतिबन्धहरू घोषणा गरेका छन्। उनले भने, रिपोर्टमा नाम उल्लेख भएकाहरू गम्भीर क्रियाकलापमा प्रत्यक्ष सहभागी थिए।

उनले कुनै पनि विदेशी सरकारले फरक विचार राख्नेहरूमाथि निशानाबाजी गर्छ भने तिनलाई अमेरिका आउन नदिइने चेतावनी दिए।

त्यसैगरी अर्थ मन्त्रालयले युवराज नजिक रहेका उनका एक अङ्गरक्षक र पूर्व गुप्तचार उप प्रमुख अहमद असिरि र हत्यामा संलग्न केही उनका अङ्गरक्षकहरूमाथि प्रतिबन्ध लगाएको छ।

सन् २०१८ मै सीआईएले युवराज नै हत्या गर्ने आदेश दिएको विश्वास गरेको बताइएको थियो तर अहिलेसम्म अमेरिकी सरकारले त्यस बमोजिमको रिपोर्ट सार्वजनिक गरेको थिएन।

विश्वकै सबभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबिया मध्यपूर्वमा अमेरिकाको एक प्रमुख समर्थक मुलुक हो।

अमेरिकी राष्ट्रपति जो बाइडनले उनका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा साउदी अरेबियामा मानव अधिकार विधिको शासनबारे कडा अडान लिने ठानिएको छ।

बिहीवारको फोन वार्ताका बेला राजा सलमानसँग राष्ट्रपति बाइडनले मानव अधिकार र विधिको शासनमाथि अमेरिकाले दिने महत्त्वबारे जोड दिएको ह्वाइट हाउसले जनाएको छ।

रोयटर्स समाचार संस्थाले उदृत गरेका समाचार स्रोतले बाइडन प्रशासनले हतियार संझौता रद्द गर्ने सम्मका कुराहरू भइरहेका छन्।

अमेरिकी रिपोर्ट अस्वीकार गर्दै साउदी विदेश मन्त्रालयले हत्यामा संलग्नहरूको अनुसन्धान गरेर न्याय प्रदान गरिसकिएको बताएको छ।

विदेश मन्त्रालयले भनेको छ, यो रिपोर्ट सही छैन साउदीले उक्त अपराधको अनुसन्धान गरेर दण्ड समेत दिइसकेको अवस्थमा यस्तो रिपोर्ट आउनु दुर्भाग्यपूर्ण छ।

देशको नेतृत्वमाथि सार्वभौमस्तामाथि र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्ने कुनै पनि कार्य अस्वीकार्य छ।

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.