२१ असार, एजेन्सी । जापानमा भारी वर्षापछि आएको बाढीपहिरोमा परी १६ जनाको मृत्यु भएको छ ।
भारी वर्षाका कारण क्युसुको दक्षिणी टापुमा आएको बाढीपहिरोले आइतबार १६ जनाको मृत्यु भएको समाचार संस्था एनएचकेले जनाएको छ।
साथै १३ जनाअझै बेपत्ता छन् भने १७ जना अचेत अवस्थामा छन्।
पहिरो गएपछि स्थानीयहरूले आफ्नो घरमा पसेका माटो निकालिरहेको देखिएको थियो । त्यस्तै सेनाले बेपत्ता हुनेहरूको खोजी गरिरहेको छ ।
त्यहाँको मौसम विभागले भने आइतबार साँझ पुनः भारी वर्षा हुने पूर्वानुमान गरेको छ । साथै पहिरो जाने जोखिमसमेत उच्च रहेकोले सतर्कता अपनाउन भनेको छ ।