NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’ बुधबार पुस २ , २०८२
जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ? बुधबार पुस २ , २०८२
जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह बुधबार पुस २ , २०८२
एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो बुधबार पुस २ , २०८२
ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट बुधबार पुस २ , २०८२
Next
Prev

समाचार

जारी छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम

सोमवार भदौ २९ , २०७७
Reading Time: 1 min read
A A
जारी छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ भदाै, चितवन ।

निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी रहेको छ । कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस–सुन्तली फाउण्डेसनले रङ्गशाला निर्माण गरिरहेको छ । हाल रङ्गशालामा १ सय ५० मजदुरले काम गरिरहेका छन् ।

निर्माणाधीन रङ्गशालाका निमित्त परियोजना व्यवस्थापक मणी दाशका अनुसार रङ्गशाला प्याराफिटका लागि पिल्लर उठाउने क्रम जारी छ । यसका लागि पिसिसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो । अहिले पिल्लरको काम भइरहेको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बि’ को काम भैरहेको छ । ती मध्ये “ए” प्याराफिटमा १ सय ५ वटा पिल्लर उठाएर ढलानको काम सम्पन्न भएको उनले जानकारी दिए । “ए” प्याराफिटमा १ सय १० वटा पिल्लर रहने छन् । त्यसैगरी “बी” प्याराफिटमा हुने १ सय १० पिल्लर मध्ये १९ वटाको जग हालिएको उनले जानकारी दिए ।

LS Auto

एक लाइनमा पाँचवटा पिल्लर रहनेछन् । प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने पाँचौ पिल्लर २१ मिटर उचाइको हुने छ । दुई प्याराफिटमा १५÷१५ जनाको हजार क्षमता हुने छ । मनसुन रोकिएलगत्तै भुइको काम गर्ने तयारी गरिएको छ । मौषमका कारण पानी जमेकाले पिल्लर उठाउनका लागि खनिएका खाल्टाको पानी फाल्न दैनिक २० वटा पम्प प्रयोग गरिएको छ । यस वर्ष धेरै पानी परेकाले काममा कठिनाइ परेको जनाइएको छ ।

रङ्गशाला निर्माणमा गत साउन मसान्त सम्म रु २३ करोड ७४ लाख ६४ हजार खर्च भइ सकेको छ । परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाकाअनुसार हालसम्म रु १८ करोड ५३ लाख ४२ हजार मात्र सङ्कलन भएको छ । गतअसार मसान्तसम्म रु ९९ लाख ६२ हजार बराबरको जिन्सि सामान सहयोग प्राप्त भएको थियो ।

काम भइरहेकाले रु ५ करोडभन्दा बढिको उधारोमा सामाग्री आएको उनले जानकारी दिए । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले निषेधाज्ञामा प्राबिधिक र मजदुरहरु भित्रै राखेर काम भइरहेको जानकारी दिए । अहिलेको बिषम परिस्थितिका कारण थप सहयोग सङ्कलन केही घटेको जनाउँदै उनले यसअघि वोलकवल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा समयमा काम सम्पन्न गर्न सकिने जानकारी दिए । अगामी १८ महिना भित्र सम्पन्न गर्ने गरि रङ्गशाला निर्माणको काम भइरहेको छ ।

निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजति गति लिन सकिरहेको छैन । रङ्गशाला निर्माणका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने जनाएको भए पनि हाल सम्म रकम प्राप्त नभएको जनाइएको छ । सबै सकारात्मक भएकाले छिट्टै रकम आउने र कामले गति लिने उनको विश्वास छ । भरतपुर महानगरपालिकाका सक्रियतामा त्रिभूवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गरेको २२ विगाहा जग्गा दिलाएर रङ्गशाला निर्माण सुरु गरिएको हो । भरतपुर महानगरपालिका १५ रामपुरमा विश्वविद्यालयले जग्गा दिए वापत महानगरपालिकाले विश्वविद्यालयलाई अन्य क्षेत्रमा जग्गा दिएको छ ।

महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनसँग सहकार्य गरेर भइरहेको रङ्गशाला निर्माणको कामलाई निरन्तरता दिन महानगर लागि परेको जानकारी दिइन् । महानगरले यस वर्ष ४ करोड र बागमती प्रदेशले ३ करोड विनियोजन गरेको छ । महानगरले गत वर्ष रकम बिनियोजन गरेको भए पनि प्राबिधिक कारणले निकासा गर्न कठिन भएको थियो ।

राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा महानगरपालिकालाई चिनाउने यो यहाँको महत्वपूर्ण परियोजना भएको जनाउँदै उनले सबैको साथ र सहयोगको अपेक्षा गरे । फाउण्डेसनले नेपालमा क्रिकेट रङ्गशाला बनाउने बताएसँगै महानगरपालिकाले भरतपुरमा बनाउन अनुरोध गरेर जग्गाको व्यवस्था गरी अन्य सहयोग गरेको थियो । वि.सं. २०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभूवन विश्वविद्यालय र कृषि विश्वविद्यालयका बीचमा जग्गाको बिषयमा त्रिपक्षीय सम्झौता गरी काम अघि वढेको हो ।रासस

लोकप्रीय

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२

विचार

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२

थप समाचार

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’
अन्तर्राष्ट्रिय

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?
ताजा समाचार

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.