NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ? सोमवार असार २३ , २०८२
नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए सोमवार असार २३ , २०८२
रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?   सोमवार असार २३ , २०८२
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी  सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

जीर्ण बन्दै राप्ती लोकमार्गः सुविधाभन्दा सास्ती धेरै

बिहिबार कार्तिक २७ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
जीर्ण बन्दै राप्ती लोकमार्गः सुविधाभन्दा सास्ती धेरै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२७ कार्तिक, सल्यान ।
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ ।

लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ ।

राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ । यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्र उप्किएको स्थानीयवासीको भनाइ छ । वटासिल उप्किएपछि सडक धुलाम्य बन्दै गएको छ ।

दाङ­सल्यान­रुकुम खण्ड जीर्ण बन्दा स्थानीयवासीलाई सास्ती भएको स्थानीय लालबहादुर खत्रीले बताए । उनका अनुसार दाङ–सल्यान खण्डको राम्रीबाट शीतलपाटी र शीतलपाटीबाट खौलासम्म सबैभन्दा बढी खाल्डाखुल्डी छन् ।

“सडकको अवस्था दयनीय हुँदा पनि सम्बन्धित निकाय मौन छ”, उनले भने, “सडक पूर्णरूपमा कालोपत्र भए तुलसीपुरबाट सल्यान खलङ्गा आउन बढीमा डेढ घण्टा लाग्छ, तर जीर्ण सडकका कारण गाडीले चार घण्टाभन्दा बढी समय लगाउने गरेका छन् ।”

गाडी चालकसमेत रहनुभएका खत्रीका अनुसार सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्नेपछार्ने गर्दछ, यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ, यात्रा गर्न जोखिम पनि उत्तिकै छ ।

बर्सातमा हिलो र हिउँदमा धुलोका कारण नागरिकले सास्ती पाउँदा पनि सम्बन्धित निकाय मौन रहेको उनको गुनासो छ । यातायात व्यवसायी प्रकाश भण्डारीले राप्ती लोकमार्गको सबै क्षेत्रमा खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुने गरेको बताए ।

“जीर्ण सडकका कारण गाडी छिटो बिग्रने र दुर्घटना हुने जोखिम पनि त्यत्तिकै मात्रामा रहन्छ”, उनले भने । सडक मर्मतको नाममा करोडौँ रकम विनियोजन गरिए पनि सडकको अवस्था बिग्रँदै गएको उनको भनाइ छ ।

सम्बन्धित निकाय मौन बस्दा समस्या भएको उनको दुखेसो छ । अस्तव्यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको छ । सडक निर्माण भएको लामो सममसम्म पनि सडक चौडा नभएका कारण सडक जीर्ण बनेसँगै दुर्घटना बढेको हो ।

सडक साँघुरो हुनु, खाल्डाखुल्डी हुनु तथा गाडीलाई घुम्तीमा साँघुरो हुनुका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्दीप विकले जानकारी दिए ।

विगतका केही ठूला दुर्घटनालाई हेर्ने हो भने राप्ती लोकमार्गमा दुर्घटना धेरै हुने गरेको देखाउँछ । विसं २०६३ मा सल्यानको भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मुत्यु भएको थियो ।

यस्तै विसं २०७५ मा राम्रीमा स्कूलबस दुर्घटना हुँदा २२ भन्दा बढीको मृत्यु भएको थियो । राप्ती लोकमार्गअन्तर्गत अमेलियाबाट रुकुमको सल्लेसम्म १६८ दशमलव ५४ किलोमिटर सडक पर्दछ । यसमा दाङ क्षेत्रमा सडकको अवस्था सन्तोषजनक नै भए पनि सल्यान खण्ड र रुकुम खण्ड जीर्ण बनेको छ ।

सडक डिभिजन कार्यालय दाङले राप्ती लोकमार्गको सडक स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । कार्यालयका प्रमुख नीरज शाक्यले ठेक्का व्यवस्थापनको काम भइरहेको र दुई प्याकेजमा काम अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए ।

उनले चोरखोलाबाट शीतलपाटीसम्म र शीतलपाटीबाट मुसीकोटसम्म गरेर दुई प्याकेजमा काम गरिने जानकारी दिए । “शीतलपाटी–मुसीकोट खण्डमा कामको थालनी भएको छ, चोरखोलाबाट शीतलपाटीसम्मका लागि ठेक्का व्यवस्थापनको काम भइरहेको छ, डबल कटिङसहित सडकको स्तरवृद्धि गरिनेछ”, उनले भने ।

उनका अनुसार चोरखोला–शीतलपाटीका लागि रु १५ करोड विनियोजन भएको छ भने शीतलपाटी–मुसीकोटको काम रु चार करोड ९५ लाखमा शुरु गरिएको छ ।  चोरखोला–शीतलपाटी सडकको ठेक्का प्रक्रिया अगाडि बढाएको बताउँदै बहुवर्षीय आयोजनाअन्तर्गत काम गरिने उनले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जीर्ण बन्दै गएको राप्ती लोकमार्गको स्तरोन्नतिका लागि पहल भइरहेको जानकारी दिए।  उनले अबको केही समयमा नै ठेक्का प्रक्रिया शुरु गरेर कामको थालनी गरिने जानकारी दिए । यसका लागि बजेट सुनिश्चित भइसकेको उनको भनाइ छ ।

“कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने मुख्य मार्गका रूपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नतिका लागि विगतदेखि नै पहल गर्दै आएको छु, आर्थिक वर्ष २०७५÷७६ मा सल्यान–दाङको सिमानाबाट सल्यानतर्फको सडकको स्तरोन्नति गर्न दुई प्याकेजका लागि करिब रु ९६ करोड सुनिश्चित भएको थियो, तर एउटा बोलपत्र भएर पनि रद्द भयो, अर्को बोलपत्र नै हुन सकेन”, उनले भने ।

गत वर्ष निर्माण भएको नयाँ नियमावलीमा बहुवर्षीय ठेक्कामा लैजानका लागि बजेट कम भएकाले समस्या भएको उनको भनाइ छ । मन्त्री ज्वालाले यस वर्ष बजेट सुनिश्चित भएकाले बहुवर्षीय ठेक्कामा लैजाने तयारी भएको र अबको केही महिनामा काम सञ्चालनका लागि सडक डिभिजन कार्यालयले बोलपत्र आह्वान गर्ने बताए । (रासस)

लोकप्रीय

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२

विचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२

थप समाचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर
अन्तर्राष्ट्रिय

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.