Nepal Times
Nepal Times
3
Shares

टुटलले नेपालका सर्वसाधारणलाई आवतजावतको स्वतन्त्रता प्रदान गर्दैछ : सिइओ भट्ट

टुटलले नेपालका सर्वसाधारणलाई आवतजावतको स्वतन्त्रता प्रदान गर्दैछ : सिइओ भट्ट

बिराटनगर, बैशाख १२
टुटलका सिइओ तथा फाउन्डर सिक्षित भट्टले टुटलले १० औँ हजारभन्दा धेरैलाई रोजगार सृजना गरिसकेको बताएका छन् । बिराटनगरको होटल नमस्कारमा बिहिबार भएको ‘लास्ट थर्सडे’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले टुटलले नेपालका सर्वसाधारणलाई आवतजावतको स्वतन्त्रता प्रदान गर्नुका साथै १० आँै हजार भन्दा धेरै मोटरसाइकल धनिलाई पनि रोजगार सृजना गरेको बताएका हुन् ।

उनले उद्धमशीलतालाई आफुलाई व्यक्त गर्ने माध्यम भएको बताए । टुटल स्थापना गर्नु अगाडी आफुले १२ बर्ष देखि गर्दै आएको जागिर छाड्न मुख्य प्रेरणा आफुलाई व्यक्त गर्न र आफुले सोचेको समाज निर्माण गर्न खोजेको भन्ने उनको भनाइ थियो ।अहिलेका युवालाई आफ्नो चाहना पछ्याउँन आग्रह गर्दै चुनौती र असफलता देखि नतर्सिन र त्यसबाट पाठ सिकेर अघि बढ्दै २१ औ शताब्दीको निम्ति सुन्दर समाज निर्माण गर्न मद्दत पुर्याउनु पनि हो भन्ने उनको भनाइ थियो ।

अन्तरक्रियामा भट्टले विराटनगरका युवासँग आधा घण्टा आफ्नो व्यावसायिक अनुभब साटासाट गरेपश्चात प्रश्न उत्तर मार्फत सहभागीहरुको जिज्ञासा मेटाएका थिए । अन्तरक्रियामा १२१ जनाको सहभागीता रहेको कार्यक्रम संयोजक बसन्त अधिकारीले जानकारी दिए ।अंग्रेजी महिनाको अन्तिम बिहिबार विराटनगरमा हुने सो कार्यक्रम बिकल्प एन अल्ट्रनेटिभ, मकालु टिभी, बिराटनगर इन्टरनेसनल कलेज, होटल नमस्कार, मल्ल ग्रुप अफ कम्पनीज र नेप्लिज यंग इन्टरप्रेनस फोरमको सहकार्यमा संचालन हँुदै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.