ट्राफिक प्रहरी कार्यालयको भवन शिलान्यास

0SHARES

१ चैत्र २०७५ नेपाल टाईम्स

विराटनगर, चैत १
१ नम्बर प्रदेश सरकारबाट बिनियोजित बजेटबाट निर्माण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सुबिधा सम्पन्न नयाँ भवनको शिलान्यास भएको छ ।

नयाँ निर्माण हुन लागेको कार्यालय भवनको संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार एक कार्यक्रमका बिच शिलालेख अनावरण गरी बिधिवत् रुपमा शिलान्यास गरे ।

बिर्तामोड नगरपालिका–३ स्थित निर्माण हुन लागेको नयाँ भवनको लागि बिर्तामोड नगरपालिकाले ६ कठ्ठा जग्गा उपलब्ध गराएको थियो ।

विज्ञापन बक्स