डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोधः कालोपट्टी बाँधेर काम गर्दै विरगन्जका चिकित्सकहरु

७ असोज ७७, बिहीबार

८ आश्विन, विरगन्ज ।
अनसनरत डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारविरुद्ध विरगन्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

उनीहरुले डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र व्यवहार गर्नु खेदजनक भएको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले जनाएको छ ।

शाखा सचिव उदय नारायण सिंहले विज्ञप्ति जारी गरी गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका लागि डा. केसीसँग तत्काल वार्ता गरी जायज मागहरु सम्बोधन गर्न माग गरेका छन् । १९ बुँदे माग अघि सार्दै डा. केसीले जुम्लाको चन्दनाथ नगरपालिका–६ रानीचौर स्थित बाविरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि अनसन सुरु गरेका हुन् ।

स्वास्थ्य विग्रिँदै गएपछि उनलाई काठमाडौं ल्याएर उपचार थालिएको छ । राष्ट्रिय ट्रमा सेन्टरभित्र लैजाने क्रममा उनलाई प्रहरीले अभद्र व्यवहार गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आरोप छ । राष्ट्रिय ट्रमा सेन्टरमा जान डा. केसीले नमानेपछि उनकै इच्छाअनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top