१८ कात्तिक, मेलवर्न।
अष्ट्रेलियाको मेलबर्नमा अन्तर्राष्ट्रिय न्यूरो साइन्स र न्यूरोलोजी सम्बन्धी बार्षिक बैठक सम्पन्न भएको छ । बायोलिगसद्वारा आयोजित उक्त दुइ दिने बैठक ,नेपालका वरिष्ठ न्यूरोलोजिस्ट डा. बीरेन्द्रकुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको छ ।
भारत , अमेरिका , अष्ट्रेलिया , स्वीडेन लगायतका देशका वरिष्ठ न्यूरोलोजिस्ट डाक्टरहरु सो बैठकमा सहभागि भएका थिए । न्यूरोलोजी सम्बन्धी रोगहरुको अनुसन्धान तथा निराकरणको मुख्य उद्देश्यसहित सो अन्तर्राष्ट्रिय बैठक आयोजना भएको थियो ।
बैठकमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालीटि हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोलोजिस्ट डा. विष्टले सहभागि चिकित्सकहरुलाई बिभिन्न पक्षघातमा रक्तचापको उचित तालमेल सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा बायोलिगसका प्रमुख कार्यकारी निर्देशक रुद्र भानु सत्पाथिले डा. विष्टलाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।