काठमाडाैं : युवतीलाई ढुंगाले हानेर बेहोस बनाएपछि सामूहिक बलात्कार गर्ने तीन अभियुक्तलाई घटनाको १५ महिनापछि जिल्ला अदालत ललितपुरले दोषी ठहर गर्दै १०–१० वर्ष जेल सजाय सुनाएको छ ।
समाचारकाे अनुसार २ मंसिर ०७४ को राति गोदामचौरकी २१ वर्षीया कामकाजी विवाहित युवतीलाई गोदावरीका विशालध्वज कार्की, रघु सिलवाल र पवन कुँवरले ढुंगाले हानेर अर्धचेत अवस्थामा बलात्कार गरेका थिए । जिल्ला अदालतले उनीहरूलाई बलात्कार, ज्यान मार्ने उद्योग र चोरी गरी तीन मुद्दामा दोषी ठहर गरी कैद सुनाएको छ ।
शुक्रबार न्यायाधीश धनसिंह महराको इजलासले उनीहरूलाई ज्यान मार्ने उद्योग मुद्दामा १० वर्ष, बलात्कार मुद्दामा १० वर्ष र चोरी मुद्दामा ६० दिनको कैद सजाय फैसला गरेको छ ।आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।