Nepal Times
Nepal Times
3
Shares

थप ४१६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

थप ४१६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२९ कात्तिक, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २७० जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ भने ७ लाख ९८ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।

 हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.