दक्षिण अफ्रिकाविरूद्ध भारतको सानदार जित

२४ माघ ७४, बिहीबार

घरेलु टोली दक्षिण अफ्रीकालाई १२४ रनले हराउँदै भारतले शृंखलामाथि ३-० को अग्रता लिएको छ।

भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा खराब प्रदर्शन जारी राखेको अफ्रिकालाई भारतले बुधबार राति भएको तेस्रो एकदिवसीय फराकिलो अन्तरमा हराएको हो।

केपटाउनमा भारतले दिएको ३०४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४० ओभरमा अलआउट हुँदै १७९ रन मात्र बनाउन सक्यो।

भारतले दिएको उच्च योगफल पछयाउने क्रममा दक्षिण अफ्रीकाका लागि जेपी डुमिनीले ५१ रनको अर्धशतकीय पारी खेले। त्यस्तै कप्तान एडिन मार्क्रमले ३२ तथा डेभिड मिलरले २५ रन बनाए। भारतीय बलर हाबी भएपछि अन्य ब्याट्सम्यान चल्न नसक्दा दक्षिण अफ्रिकाले हार बेहोर्नु पर्यो। भारतका युजभेन्द्र चाहल र कुलदिप यादवले समान ४ – ४ विकेट लिए। जस्प्रित बुम्रहाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३०३ रन बनाएको थियो। भारतका लागि कप्तान विराट कोहलीले शतक प्रहार गरे ।

१ सय ५९ बलको सामना गर्दै कोहलीले १ सय ६० रन बनाए । यो उनको एक दिवसीयमा ३४ औं शतक हो। भारतका लागि ओपनर रोहित शर्मा शुन्य रनमा आउट भए भने शिखर धवनले कोहलीको राम्रो साथ दिँदै ७६ रन जोडेका थिए। अजिन्क्या राहाने (११ रन), हार्दिक पाण्डेया (१४ रन) र महेन्द्र सिहं धोनी (१० रन) आज सस्तैमा आउट भए। दक्षिण अफ्रिकाका लागि जेपि डुमिनीले दुई विकेट लिन सफल भए।

योसँगै भारतले घरेलु टोलीविरुद्धको ६ खेलको सिरिजमा ३ – ० ले अग्रता बनाएको छ। पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको भारतले दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top