दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो

६ जेठ ७८, शुक्रबार

७ जेठ, काठमाडौं ।

औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ ।

खासगरी विदेशीहरुले स्थानीय ऋणपत्र (बोन्ड) व्यापक रुपमा खरिद गरेका कारण ऋणभार बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरण उल्लेख छ ।

बैंकका अनुसार मार्चको अन्त्यसम्ममा बाह्य दायित्व बढेर ५६६ अर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा २१ अर्ब डलरले बढी हो ।

कोरियाली अर्थतन्त्र निकै सबल रहेका कारण पनि विदेशी लगानीकर्ताहरुले कोरियाली ऋणपत्रमा लगानी बढाएको देखिएको छ ।

कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पहिलो त्रैमासिक अवधिमा १.६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि कोभिड–१९ शुरु हुनुभन्दा अघिको अवस्थामा पुगेको बैंकले जनाएको छ ।

देशको विदेशी मुद्रा सञ्चयको तुलनामा अल्पकालीन वैदेशिक ऋणको अंश १.२ प्रतिशतले बृद्धि भएर ३७.१ प्रतिशत पुगेको छ ।

यसैगरी, बाह्य ऋणको भार मार्चको अन्त्यसम्ममा १० खर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा करिब तीन अर्ब डलरले बढी हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top