दशैंका लागि खाद्यले ल्यायो १ हजार खसीबोका, ३ गतेदेखि बिक्री गर्ने

३० असोज, काठमाडौँ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसीबोका विक्री सुरु गर्ने भएको छ । कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गते देखि दशैंका लागि खसीबोका बिक्री वितरणको काम सुरु हुने भएको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ । यस्तै दुई हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै विक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए । यस बर्ष तुल्सिपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको उनले बताए ।

कम्पनीले यसअघि दशैंको लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा विक्री गर्ने बताएको थियो । तर कोराना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यसवर्ष कम आपूर्ति गर्न लागिएको बताए । पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याई विक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए ।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्ष भन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्ष भन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए । मूल्य निर्धारण भने आइतबार साझँ मात्रै तय हुने पनि उनको भनाई छ । कम्पनीले गत बर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै विक्री वितराण सुरु गरेको थियो । उक्त मुल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेका थियो ।

कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ । दसैंलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर बजारमा ल्याउन शुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात हुने गर्छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top