९ असार, दाङ ।
दाङका कोरोना संक्रमित मध्ये ९३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
अझै एक सय ९१ जनाको जिल्लामा रहेका तीनवटा आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना विशेष अस्पतालबाट ५८ जना र घोराही उपमहानगरले निर्माण गरेको आइसोलेशन सेन्टरबाट ३३ जना संक्रमण मुक्त भएर घर र्र्फिकएका हुन् ।
अरु दुईजना भने काठमाडौँ र गुल्मीमा उपचारपछि ठीक भएका हुन् । संक्रमित मध्ये १३ जना स्वास्थ्यकर्मी हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित पाँचजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि कर्मचारीसहित ६१ जनालाई क्वारेन्टिनमा राखिएको प्रतिष्ठानका निमित्त रजिस्टार कैलाश देवले बताए ।
प्रतिष्ठानमा अहिले आकशिमक सहितका केही सेवा मात्रै सञ्चालनमा रहेको छ ।