१ जेठ, दाङ ।
दाङमा गत बर्षदेखि यहि बैशाख ३१ गते सम्म ८ हजार ५ सय ५४ मा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्य ५ हजार ८ सय ४६ ले कोरोना जितेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार अहिले जिल्लामा २ हजार ७ सय ८ संक्रिय संक्रमित रहेका छन् भने १ सय ३४ को कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्लामा सबै भन्दा बढी संक्रमित घोराही उपमहानगरपालिकामा रहेका छन् । घोराहीमा ३ हजार ७ सय २, तुलसीपुरमा ३ हजार १ सय ३७, गढवा गाउँपालिकामा १ सय ४९, दंगीशरण गाउँपालिकामा १ सय १८ बंगलाचुली गाउँपालिकामा १ सय ९९ मा कोरोना पुष्टि भएको फोकल पर्सन चन्दले जानकारी दिए ।
त्यस्तै राजपुर गाउँपालिकामा ७७ , बबई गाउँपालिकामा १ सय ९०, राप्ती गाउँपालिका २ सय ३७, लमही नगरपालिकामा ५ सय ६७ र शान्तिनगर गाउँपालिकामा १ सय ७८ मा कोरोना पुष्टि भएको तथ्याकं रहेको छ ।
यसैगरी दोस्रो चरणको कोरोना महामारीसंगै जिल्लामा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिमा संक्रमित भएका छन् । बैशाख १ देखि ३१ सम्म २ हजार २ सय ३२ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए । ती मध्ये ६ सय २४ ले कोरोना जितेका छन्, भने ४१ को मृत्यु भएको छ ।
उपमहानगरमा शुक्रबार सम्म १ हजार ५ सय ६७ जना सक्रिय संक्रिमत रहेको समेत केसीले जानकारी दिए ।
त्यस्तै दोस्रो स्थानमा रहेको घोराही उपमहानगरपालिकामा बैशाख महिनाभर १ हजार ७ सय ८५ मा संक्रमण पुष्टि भएको उपमहानगरको जनस्वास्थय प्रवद्र्धन शाखाले जनाएको छ । ती मध्ये ५ सय ४६ निको भएका र हाल उपमहानगरमा १ हजार २ सय २ सक्रिय संक्रमित रहेको शाखाले जनाएको छ ।