दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(आजको ब्यथा)
पछिल्लो २४ घन्टामा थप ३ सय ८० नयाँ कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो /मंगलबार १ सय १७ संक्रमित डिस्चार्ज भएसंगै हालसम्म १ हजार १ सय ५८ जना निको भए ।

२.(कोरोनाको चाप)
मंगलबारसम्म पीसीआरबाट एक लाख ४३ हजार ७ सय ३८ र आरडिटीबाट २ लाख २३ हजार ५ सय १९ वटा नमूना परीक्षण /अहिलेसम्म देशभर एक लाख ३३ हजार ९ जना क्वारेन्टिनमा /५ हजार ५ सय ३१ जना आइसोलेसनमा ।

Advertisement

३.(हटस्पट जिल्ला)
कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा/४ जिल्लामा लकडाउनमा कडाइ /अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्न गृह मन्त्रालयको निर्देशन ।

४.(बजेटविरुद्धको मौनधारण)
राजपाका राष्ट्रियसभा सदस्य मिर्गेन्द्रकुमार सिंह यादवद्वारा बजेटको विरोधमा १० सेकेण्ड मौनधारण /पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोध स्वरुप मौन धारण गरेको उल्लेख ।

Advertisement

५.(विडारीको विगुल)
बजेट संशोधन गर्न सत्तारूढ नेकपा सांसद रामनारायण विडारीको माग /संशोधन गर्दैमा सरकार नढल्ने बताउँदै पैसा खाने कागज बनाउने, काम नगर्ने र भ्रष्टाचार गर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्नेमा जोड ।

६.(अनुपस्थितीको कारण देउ)
निशान छापमा नेपालको नयाँ नक्सा समेट्ने गरि संविधान संशोधनका लागि प्रतिनिधि सभामा भएको मतदानमा अनुपस्थित रहेका आफ्ना सांसदलाई नेकपाले सोध्यो स्पष्टीकरण /५ दिनभित्र स्पष्टीकरण दिन भन्दै ४ सांसदलाई पत्राचार ।

७.(सम्पत्तिको स्रोत के हो ?)
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्धारा बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर /श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोग ।

८.(नागरिकता लिन ७ वर्ष)
नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन संसदीय समितिमा प्रस्ताव पेश / संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पास भएलगत्तै नागरिकतासम्बन्धी विधेयक संसदमा पेश गरिने ।

९.(भारतको डर)
कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएका संकेतहरुले कुनैपनि बेला गम्भिर संकट देखा पर्ने खतरा रहेको सांसदहरुको भनाई /भारतसंग सम्बन्ध बिग्रदै गए कुनैपनि समय भारतले आपूर्ति बन्द गरेमा देशभित्रको आपूर्ति चेन विग्रन सक्ने र अर्थतन्त्रमा थप संकट पर्ने टिप्पणी ।

१०.(रुकुमलाई मलम)
रुकुममा मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत र घाइतेलाई उपचार खर्च उपलब्ध गराउने मन्त्रिपरिषदमा प्रस्ताव पेश/ हत्यामा संलग्न भएको अभियोगमा ३४ जनाविरुद्ध मुद्दा दायर / ५ जना अझै फरार ।

११.(अष्ट्रेलियाको तालिका)
अस्ट्रेलियाबाट नेपालीको स्वदेश फिर्तीका लागि तय भएको पहिलो उडान तालिका एक हप्ता पछि सर्यो/ जनु २३ मा पहिलो चार्टर्ड र जुन २६ तारिखमा मेलबर्नबाट उडान हुने ।

१२.(उद्दारमा अलमल)
कोरोना भाइरसको कारण समस्यामा परेका नेपालीहरुको कतारबाट बिहिबार हुने भनिएको उडान रद्द /प्राविधिक कारणले रद्द भएको उडान अब कहिले हुन्छ भन्ने टुंगो नभएको कतारस्थित नेपाली दूतावासको भनाई ।

१३.(बुझी नसक्नुको सहयोग)
पशुपति क्षेत्रमा सरसफाईका लागि भारत सरकारद्वारा ३ करोड ७२ लाख रुपैयाँको आर्थिक सहयोग / नेपाल–भारत मैत्री विकास साझेदारीअन्तर्गत अनुदान दिइएको उल्लेख ।

१४.(म्याच फिक्सिङमा सफाइ)
म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले पाए अन्तिम सफाइ /अदालतबाट न्याए पाएको भन्दै अब मिहिनेतको मूल्यांकन सरकार वा एन्फा कसले गर्ने भन्दै थापाको प्रश्न ।

र,

१५.(विश्वको अपडेट)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ४ लाख ३९ हजार बढीको मृत्यु / ८१ लाख ४१ हजार बढी संक्रमित /४२ लाख ५२ हजार बढी उपचार पछि निको भए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top