४ जिल्ला बने कोरोनाको हटस्पट, लकडाउनमा कडाई

२ असार, काठमाडौँ ।
संक्रमण बढ्दै गर्दा लकडाउन खुकुलो बनाएको सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’ जिल्ला घोषित गर्दै उक्त जिल्लामा जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने निणर्य गरेको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निणर्य नभएसम्मका लागि सुचारु नहुने भएको छ । कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निणर्य लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

उच्च जोखिममा रहेका जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ । उच्च जोखिममा रहेका ४ बाहेक उपत्यकासहित ७३ जिल्लामा भने लकडाउन खुकुलो बनाउँदै सोमबारबाट सार्वजनिक, निजी र गैरसरकारी संघसंस्थाबाट सेवा सुरु भइसकेका छन् । यसअघि जारी भएका सवारी पास दुरुपयोग हुनसक्ने भएर सोमबार नै गृहले जिल्लाभित्र आवागमनका सबै पास खारेज गर्नुका साथै एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाइ गरिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top