×

NEPAL TIMES UPDATES

Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026
Playing
जापानमा ६.७ म्याग्नीच्यूडको भूकम्प, इरानी दाबीमा युएईको खण्डन|| Nepal Times
May 16, 2026
Playing
जेनजी आन्दो लन दमन गर्नेमाथि कारबाही गर्ने बाटो कहिले खुल्छ ? || Nepal Times
May 16, 2026

दिनभरका प्रमुख खबर

१ आश्विन २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(थपिने फर्किने उस्तै)
आज थप ४ गरी हालसम्म कोरोनाबाट नेपालमा ३ सय ८३ जनाको मृत्यु/आज १ हजार २ सय ४६ संक्रमित थपिँदा १ हजार २ सय ४३ जना डिस्चार्ज /संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुग्दा ४२ हजार ९ सय ४९ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(कहाँ कति छन् ?)
बिहीबारसम्म पीसीआर विधिबाट ८ लाख ८२ हजार ९ सय १५ जनाको कोरोना परीक्षण /देशभर हजार १६ सय २ जना ४१ आइसोलेसनमा रहँदा ७ हजार ८ सय ८३ क्वारेन्टिनमा ।

३.(विराटनगरमै संसद रहने)
प्रदेश–१ को प्रदेशसभा भवन विराटनगरमै बन्ने निश्चित/ ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी नवनिर्मित भवनको आज शिलान्यास / भवनको शिलान्याशले प्रदेशसभाको स्थायी संरचना कहाँ रहने भन्ने अन्योलता हटेको सभामुख प्रदीपकुमार भण्डारीको भनाइ

४.(चल्न थाले यातायात)
कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका लामो तथा मध्यम दुरीका सवारी साधान आजबाट सञ्चालनमा /स्वास्थ्य सावधानीका उपाय पालना गरे/नगरेको अनुगमन गर्न ठाउँ–ठाउँमा चेकिङ ।

५.(सकारात्मक सन्देश)
नेपाल —भारत सम्बन्धलाई थप सुदृढ बनाउन उत्सुक रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई /सीमा विवादका कारण सम्बन्ध असहज रहेका बेला प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना दिएपछि सम्बन्ध केही सहज बन्दै गएको संकेत ।

६.(गौतमको विरासत)
निर्वाचनमा पराजित नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त / गौतमद्वारा आजै सपथ ग्रहण /राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने गौतमको प्रतिबद्धता ।

७.(निषेधाज्ञा अट्नुको गुदी)
६ महिनासम्मको लकडाउनले मुलुकको अर्थतन्त्र डुब्न थालेकाले निषेधाज्ञा हटाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई /सामाजिक दुरी कायम गरी हरेक गतिविधि सञ्चालन गरी जोगिएर काम गर्न सर्वसाधारणलाई आग्रह ।

८.(नहुने भए प्लेन)
५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको वायुसेवा सञ्चालक संघ नेपालको भनाई /संकटको बेला यात्रुबाट ५० प्रतिशत थप भाडा लिनु न्यायोचित नभएको उल्लेख ।

९.(कार्यान्वयन होस्)
बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुर्ननिर्माणका लागि १० दिन भित्र कार्यविधि तयार गरिने/भूकम्पपछिको पुर्ननिर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनकालागि सरोकारवालाहरुबीच छलफल ।

१०.(छानविनको औपचारिकता)
पछिल्लो समय मुलुकका विभिन्न जिल्लाका प्रहरी हिरासतमा भएका व्यक्तिहरूको मृत्युबारे अध्ययन गर्न प्रतिनिधिसभाको कानुन समितिद्वारा उपसमिति गठन/हत्या वा कसरी गैरन्यायिक हत्या भयो भन्ने सम्बन्धमा अध्ययन रिपोर्ट छिटोभन्दा छिटो बुझाउन उपसमितिलाई निर्देशन ।

११.(गण्डकीको अर्काे समस्या)
गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढ्दो /गत वर्षको पुष १६ गतेदेखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक ।

१२. (चिया किसानको पीडा)
उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले असारको पहिलो सातादेखि आन्दोलनमा रहेका चिया किसानले अझै मुल्य पाएनन् / कानूनमा तोकिएकै किलो मूल्य ४० रुपैयाँ प्रतिकिलो नपाउँदा किसान अलमलमा /उद्योगीले आफूहरूको गुनासो नसुनेकोमा दुखित ।

१३.(ललितको शल्यक्रिया)
कञ्चनपुरमा सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको आज सफल शल्यक्रिया/ललितको उपचारका लागि पछिल्लो समय सिप्यानद्वारा आर्थिक संकलन गर्दै ।

१४.(जे पनि हुन सक्छ ?)
कोरोना खोपको परीक्षणमा सहभागी विरामी हुनुको कारण कोभिड १९ खोप नभएर अरु कारण पनि हुनसक्ने अक्सफोर्ड विश्वविद्यालयको भनाई /खोप परीक्षण हाल अमेरिका बाहेक ब्रिटेन, ब्राजिल र दक्षिण अफ्रिकामा जारी ।

र,

Advertisement

१५.(विकराल छ अवस्था)
कोरोना महामारीका कारण हालसम्म विश्वभर संक्रमित हुनेहरुको संख्या ३ करोड नाघ्यो /कुल संक्रमितमध्ये २ करोड १८ लाख बढी निको हुँदा ९ लाख ४५ हजार बढी संक्रमितको मृत्यु ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top