दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(भयको अवस्था)
आजसम्म नेपालमा ६ सय ७५ कोरोना संक्रमितको मृत्यु /आज २६ सय ३८ संक्रमित थपिँदा २१ सय ७४ जना डिस्चार्ज/सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ पुग्यो ।

२.(किन भयो झडप ?)
सर्लाहीमा हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा डिएसपीसहित ४० बढी घाइते /३१ राउण्ड अश्रु ग्याँस प्रहार ।

Advertisement

३.(अर्थमा आए पौडेल)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद विस्तार तथा केही सदस्यको जिम्मेवारीमा हेरफेर /उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मा दिदा विष्णु पौडेललाई अर्थ मन्त्रालय र पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी ।

४.(के छन् त प्रमाण ?)
बुढीगण्डकी आयोजनामा घुस लिएको भनी डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्पष्टोक्ति /प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिए प्रमाण पेश गर्न चुनौती ।

५.(विदा कहिले दिने ?)
संक्रमणलाई ख्याल गर्दै यस पटक घटस्थापनादेखि नै सरकारी कार्यालय बन्द गर्न विभिन्न मन्त्रालयका सचिवहरूको सरकारलाई सुझाव /संक्रमणको समय यकिन नभएकाले यसरी लामो बिदा दिँदा गलत नजिर बस्ने प्रधानमन्त्रीको भनाई ।

६.(बहाना कि वास्तविकता ?)
राष्ट्रियसभा सदस्यमा मनोनित नेकपाका उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको निरुपण दशैंपछि हुने /न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार पनि इजलास स्थगित ।

७.(हो त राष्ट्रघाती ?)
हुम्लामा चीनले २ किलोमिटरसम्म नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दल नेपाली कांग्रेसको दावी /अतिक्रमणको विषयमा तत्काल धारणा सार्वजनिक गर्न, चीनसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्न माग ।

८.(थपिँदै शवदाह गृह)
विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकासकोष बीच सम्झौता /लाइन बसेर शव जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने ।

९.(मर्दैन न्याय)
लोक सेवा आयोगले आवेदन खुलाएको सूचना प्रविधि विज्ञ सहसचिव स्तरको एउटा विज्ञापनलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतको अन्तरिम आदेश/लिखितमा नाम निकालेका तीन जनामध्ये एक संक्रमित भएका बेला अन्तवार्ताको मिति तोकेपछि उनी सर्वोच्च पुगे ।

१०.(धर छैन लोकसेवालाई)
लामो समयपछि निजामति सेवा अन्र्तगत सहसचिव तथा उपसचिव पदका लागि लोकसेवा आयोगद्वारा आवेदन खुला /परीक्षा मंसिरदेखि सुरू हुने गरी महामारीकै बीच आवेदन खुला गरेपछि चौतर्फी आलोचना ।

११.(क्लिन फिडको तयारी)
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित अर्थात् क्लिन फिड लागू हुनै पर्ने /विदेशी च्यानलमा विज्ञापन प्रसारण गरेको पाइए कानुनअनुसार कारबाही हुने ।

१२.(शक्तिपिठहरु हब नबनुन्)
कोरोनाको जोखिमका कारण बन्द रहेका सबै शक्तिपिठहरु कात्तिक १ गते देखि खोल्ने तयारी भएपनि सरकारी निर्णय आउन बाँकी /दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरुको भनाई ।

१३.(उखुको मुल्य खोई ?)
सरकारले पठाएको अनुदान रकम दशैंअघि नै भुक्तानी गर्न सर्लाहीका उखु किसानको माग/ करिब २१ करोड ८० लाख निकासा हुनुपर्नेमा हालसम्म २१ करोड ३५ लाख मात्रै निकासा ।

१४.(राष्ट्रसंघमा नेपाल)
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः तीन वर्षका लागि निर्वाचित /गोप्य मतदानबाट नेपालसहित एसिया प्यासिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित ।

र,

१५.(कम छैनन् विजेताहरु)
कोरोना महामारीबाट हालसम्म विश्वमा ३ करोड ८४ लाख संक्रमितमध्ये २ करोड ८८ लाख निको भए/१० लाख ९२ हजार बढीको मृत्यु /युरोपका कैयौँ देशमा पुन कोरोना सङ्क्रमण बढ्न थालेपछि फेरि प्रतिबन्धको घोषणा ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top