आजका प्रमुख खबरहरुः
१.(भयको अवस्था)
आजसम्म नेपालमा ६ सय ७५ कोरोना संक्रमितको मृत्यु /आज २६ सय ३८ संक्रमित थपिँदा २१ सय ७४ जना डिस्चार्ज/सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ पुग्यो ।
२.(किन भयो झडप ?)
सर्लाहीमा हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा डिएसपीसहित ४० बढी घाइते /३१ राउण्ड अश्रु ग्याँस प्रहार ।
३.(अर्थमा आए पौडेल)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद विस्तार तथा केही सदस्यको जिम्मेवारीमा हेरफेर /उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मा दिदा विष्णु पौडेललाई अर्थ मन्त्रालय र पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी ।
४.(के छन् त प्रमाण ?)
बुढीगण्डकी आयोजनामा घुस लिएको भनी डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्पष्टोक्ति /प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिए प्रमाण पेश गर्न चुनौती ।
५.(विदा कहिले दिने ?)
संक्रमणलाई ख्याल गर्दै यस पटक घटस्थापनादेखि नै सरकारी कार्यालय बन्द गर्न विभिन्न मन्त्रालयका सचिवहरूको सरकारलाई सुझाव /संक्रमणको समय यकिन नभएकाले यसरी लामो बिदा दिँदा गलत नजिर बस्ने प्रधानमन्त्रीको भनाई ।
६.(बहाना कि वास्तविकता ?)
राष्ट्रियसभा सदस्यमा मनोनित नेकपाका उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको निरुपण दशैंपछि हुने /न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार पनि इजलास स्थगित ।
७.(हो त राष्ट्रघाती ?)
हुम्लामा चीनले २ किलोमिटरसम्म नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दल नेपाली कांग्रेसको दावी /अतिक्रमणको विषयमा तत्काल धारणा सार्वजनिक गर्न, चीनसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्न माग ।
८.(थपिँदै शवदाह गृह)
विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकासकोष बीच सम्झौता /लाइन बसेर शव जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने ।
९.(मर्दैन न्याय)
लोक सेवा आयोगले आवेदन खुलाएको सूचना प्रविधि विज्ञ सहसचिव स्तरको एउटा विज्ञापनलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतको अन्तरिम आदेश/लिखितमा नाम निकालेका तीन जनामध्ये एक संक्रमित भएका बेला अन्तवार्ताको मिति तोकेपछि उनी सर्वोच्च पुगे ।
१०.(धर छैन लोकसेवालाई)
लामो समयपछि निजामति सेवा अन्र्तगत सहसचिव तथा उपसचिव पदका लागि लोकसेवा आयोगद्वारा आवेदन खुला /परीक्षा मंसिरदेखि सुरू हुने गरी महामारीकै बीच आवेदन खुला गरेपछि चौतर्फी आलोचना ।
११.(क्लिन फिडको तयारी)
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित अर्थात् क्लिन फिड लागू हुनै पर्ने /विदेशी च्यानलमा विज्ञापन प्रसारण गरेको पाइए कानुनअनुसार कारबाही हुने ।
१२.(शक्तिपिठहरु हब नबनुन्)
कोरोनाको जोखिमका कारण बन्द रहेका सबै शक्तिपिठहरु कात्तिक १ गते देखि खोल्ने तयारी भएपनि सरकारी निर्णय आउन बाँकी /दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरुको भनाई ।
१३.(उखुको मुल्य खोई ?)
सरकारले पठाएको अनुदान रकम दशैंअघि नै भुक्तानी गर्न सर्लाहीका उखु किसानको माग/ करिब २१ करोड ८० लाख निकासा हुनुपर्नेमा हालसम्म २१ करोड ३५ लाख मात्रै निकासा ।
१४.(राष्ट्रसंघमा नेपाल)
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः तीन वर्षका लागि निर्वाचित /गोप्य मतदानबाट नेपालसहित एसिया प्यासिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित ।
र,
१५.(कम छैनन् विजेताहरु)
कोरोना महामारीबाट हालसम्म विश्वमा ३ करोड ८४ लाख संक्रमितमध्ये २ करोड ८८ लाख निको भए/१० लाख ९२ हजार बढीको मृत्यु /युरोपका कैयौँ देशमा पुन कोरोना सङ्क्रमण बढ्न थालेपछि फेरि प्रतिबन्धको घोषणा ।