आजका प्रमुख खबरहरुः
१.(देशमा आज)
हालसम्म कोरोनाबाट नेपालमा ८ सय ८७ संक्रमितको मृत्यु /आज १ हजार ९५४ संक्रमित थपिदा २ हजार ९८१ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ पुग्यो ।
२.(बैठकलाई बहाना)
सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पछि बस्ने / महाधिवेशनको तयारीका लागि कार्तिक १५ गतेका लागि तय भएको बैठक कोरोनाको संक्रमण र अन्य तयारी पूरा नभएकाले मंसिर १५ गतेसम्मका लागि स्थगित ।
३.(टीकालाई निरन्तरता)
बडादशैंको टीकाको तेस्रो दिन आज बुधबार पनि मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी /टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहने भएपनि यस वर्ष कमी ।
४.(बुढीगण्डकीमा विलम्ब)
बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा वितरणको काम गर्दै आएको कार्यालयको म्याद सकिएपछि फेरि एक वर्ष थप्ने तयारी / राष्ट्रिय गौरवको आयोजनामा मुआब्जा वितरणमै वर्षौं लगाइरहनु उचित नहुने राष्ट्रिय सरोकार समितिको भनाई ।
५.(कस्तो मानवअधिकार ?)
मानव अधिकारकर्मी सुशील प्याकुरेलमाथि मानव अधिकार उल्लंघनको गम्भीर आरोप / प्याकुरेलकै नेतृत्वमा २०३६ सालमा मानव अधिकार उल्लंघनको नेतृत्व गरेको भन्दै दिएको उजुरी अझै तामेलीमा/ गणेशमान सिंहलगायका माथि प्याकुरेलको नेतृत्वमा आक्रमण भएको उल्लेख ।
६.(प्रहरीमाथि प्रश्न)
पर्सामा नेकपाका कार्यकर्ताबीच ६ दिनअघि भएको झडपमा मृत्यु भएका मुकेश चौरसियाको अझै पोष्टमार्टम हुन सकेन /बाह्रै जना आक्रमणकारीविरुद्ध जाहेरी दर्ता नहुन्जेल शव पोस्टमार्टम हुन नदिने पर्सा नेकपाको भनाई ।
७.(युवाको अवस्था)
तुलसीपुरका कुमार विकको खुट्टा छिनालिएको घटनाको अनुसन्धानका लागि ३३ जना युवा प्रहरीको नियन्त्रणमा /अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर रहेका विकलाई थप उपचारका लागि भारतको लखनउ लगियो ।
८.(श्रम खेर नजाओस्)
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमा १५ हजार २ सय ५१ बेरोजगार सूचीकृत /सूचीकृत बेरोजगारलाई प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनका काममा लगाइने ।
९.(फालाफाल विजुली)
दशैंका कारण दैनिक ३ करोडको बिजुली खेर जाँदै / बिहार सरकारले पनि बिजुली लिन चासो देखाएन / खेर गइरहेको बिजुलीका कारण प्राधिकरण चिन्तित/ अबको करिब एक महिना बिजुलीको मागरखपत घट्ने निश्चित ।
१०.(कृषि क्रान्ति)
कृषकले धान बिक्री गरेको १५ दिनभित्रै अब रकम भुक्तानी पाउने/किसानसंग धान किन्ने सहकारीले अब सरकारबाट प्रतिक्वीन्टल १ सय १२ रुपैयाँ अनुदान पाउने / किनेको धानको परिमाण र किसानलाई पैसा पठाएको विवरण सम्बन्धित कृषि कार्यालयमा बुझाएपछि अनुदान जम्मा गरिदिने ।
११.(खुल्यो तातोपानी)
कोरोनाका कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा / नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्ने गरी तयारी पूरा ।
१२.(फेवातालको व्यवस्थापन)
सर्वोच्च अदालतको फैसलापछि संघीय सरकारको निर्देशनमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा फेवा तालको पुनः सिमाङ्कन हुने / चार किल्ला निर्धारण सिमाङकन तथा नक्साङ्कन समिति गठन ।
१३.(गर्जियो चीन)
भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनद्वारा कडा शब्दमा आलोचना /भारत र चीनको बीचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी ।
१४.(अपमान असह्य)
इस्लाम धर्मगुरुको अपमान गरिएको भन्दै पाकिस्तान, बंगलादेश, प्यालेस्टाइन, सिरिया इजिप्ट लगायतका अरव तथा इस्लाम धर्म बाहुल्य देशहरुमा व्यापक विरोध प्रदर्शन /फ्रान्सलाई धर्मविरुद्ध गतिविधिमा कडाइ गर्न इस्लाम धर्म समर्थकहरुको दबाब ।
र,
१५.(यस्तो छ विश्व)
विश्वमा हालसम्म ११ लाख ७३ हजार बढी कोरोना संक्रमितको मृत्यु / ४ करोड ४३ लाख बढी संक्रमित हुँदा ३ करोड २४ लाख बढी उपचारपछि निको भएर घर फर्किए ।