दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(मृतक बढे चिन्ता बढ्र्यो)
नेपालमा एकै दिन थप ३० जनासहित हालसम्म १ हजार ३४ संक्रमितको मृत्यु / ३ हजार ३०९ संक्रमित थपिदा ३ हजार ८ सय ४४ जना आजै डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ पुग्यो ।

२.(बीमाको सीमा)
कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्र दिन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन / अहिले सम्म २ हजार व्यक्तिले २० करोड रुपैयाँ बराबरको भुक्तानी पाइसकेको र करिब १३ हजार दावी परेको समितिको भनाई ।

Advertisement

३.(आउँदैन राजीनामा)
देशका लागि भएपनि अहिलेको अवस्थामा कुनैपनि परिस्थितिमा आफुले राजीनामा नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रष्टोक्ति /जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न आग्रह ।

४.(भाषा फेरियो)
खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई स्वास्थ्य जोखिमलाई ख्याल गर्दे तत्काल व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाको आग्रह/श्रम गर्न सक्नेहरुले श्रम गर्ने र नसक्नेहरुको व्यवस्थापन महानगरले गर्ने ।

Advertisement

५.(नरवणे नेपालमा)
भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवाणे तीनदिने नेपाल भ्रमणका लागि काठमाडौंमा /राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेले बिहीबार मानार्थ महारथीको दर्जा लिने/नेपाल–भारत सीमा विवाद लगायतका विषयमा नरवणेसँग छलफल हुने ।

६.(विरोधको बहाना)
काठमाडौंको माइतीघर मण्डलमा भारतविरूद्ध प्रदर्शन/विभिन्न २१ दलको प्रदर्शनमा ‘गो ब्याक इन्डिया’को नारा /सन् १९५० लगायतमा भएका असमान सन्धि खारेज गर्न प्रदर्शनकारीको माग ।

७.(जनता सडक)
ललितपुरको वडा नम्बर २७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयको विरोध प्रदर्शन /ठेकेदारले सडक कालोपत्रेका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप ।

८.(तस्कर पक्राउ ?)
कैलालीका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद हत्याप्रकरणमा थप एकजना पक्राउ /पक्राउ परेका धनगढीका व्यापारी राजीव गुप्ताले नै मटर तस्करी गर्न लगाएको प्रहरीको ठहर /अझै केही व्यक्ति फरार ।

९.(परीक्षाको चटारो)
त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन सक्ने/अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न सकिने /मङ्सिर दोस्रो हप्ताबाट स्थगित भएका सबै तहको परीक्षा गर्ने त्रिविको तयारी ।

१०.(परीक्षणमा प्रश्न)
नेपाल एअरलाइन्समा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा एअरलाइन्स बदनाम हुँदै/ नेगेटिभ भएको पीसीआर रिपोर्ट लिएर विभिन्न देशमा पुगेका यात्रुको परीक्षण गर्दा पोजेटिभ आएपछि एयरलाइन्सलाई खबरदारी ।

११.( पेट पाल्नका लागि)
कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा दशैँ सकिए लगत्तै रोजगारीका लागि भारत फर्किनेहरुको घुईंचो बढ्यो / देशभित्रै रोजगारीको अवसर नहुदा चाडपर्वको प्रवाह नगरी स्थानीय काम खोज्न भारत जान बाध्य ।

१२.(किसान मारा उद्योग)
उखु किसानको बक्यौता नतिर्ने उद्योग खोजी गरिदिन उद्योग मन्त्रालयको गृह मन्त्रालयलाई पत्राचार / लकडाउन अवधिमा पनि १७ करोड भुक्तानी गरिएको अन्नपूर्ण र इन्दिरा सुगर मिलको दाबी /तिहारअघि दुई करोड रुपैयाँ भुक्तानी पठाउने तयारी ।

१३.( हार कि जित ?)
अमेरिकी राष्ट्रपतीय चुनाव २०२० मा अझै करोडौँ सङ्ख्यामा मत गन्न बाँकी रहँदा डोनाल्ड ट्रम्पद्वारा असमर्थित जितको घोषणा /चुनावको परिणाम आउँदै गर्दा ह्वाइट हाउसमा सम्बोधन गर्दै निकै ठूलो धोका भएको ट्रम्पको आरोप ।

१४.(ट्रम्प कि बाइडेन ?)
अमेरिकी राष्ट्रपति चुनावको मतपरिणाम आउने क्रम जारी /सुरुवाती मतपरिणामअनुसार डेमोक्रयाट उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्प बीच कडा प्रतिस्पर्धा /कुल २ सय ७०मा बाइडेन २३८ इलेक्टोरल कलेजमा अगाडि रहँदा ट्रम्प २१३ मा ।

र,

१५.(कोरोनालाई हेर्दा)
कोरोना महामारीका कारण हालसम्म विश्वमा १२ लाख २२ हजार बढीको मृत्यु /४ करोड ७९ लाख बढी संक्रमितमध्ये ३ करोड ४४ लाख बढी निको भएर घर फर्किए ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top