आजका प्रमुख खबरहरुः
१.(नयाँ पार्टीको बाटो ?)
९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्टै नेकपाको प्रचण्ड नेपाल पक्षद्वारा ६८ वटा जिल्ला कमिटीमा अध्यक्ष र सचिव चयन /नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी ।
२.(अदालतलाई सन्देश हो ?)
संसद विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तको भनाई /सर्वोच्चले जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद पुनस्थापना गर्नेमा विश्वास रहेको उल्लेख ।
३.(कुरा यत्ति हो त ?)
प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच भेटवार्ता /सर्वोच्चको निर्माण हुन लागेको नयाँ भवन सेनाको जग्गामा पर्ने भएकाले भवन निर्माणका लागि सेनाका टहरा हटाउन प्रधानसेनापतिलाई निर्देशन ।
४.(जुत्ताको फन्डा)
नेकपा प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूका विद्यार्थीद्वारा प्रतिगमनलाई सांकेतिक रुपमा जुत्ता प्रहार/संविधान र कानूनको पालना र जनमतको सम्मान गर्न प्रतिगमनका मतियारले आफ्नो पदबाट राजीनामा दिनुपर्ने तर्क ।
५.(चुनावको चर्चा)
चुनावसँग सम्बन्धित सबै पक्ष तयारीमा जुटेको र अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको दाबी /सरकारले आयोग र सर्वोच्चलाई कुनै किसिमको दबाब नदिने पनि प्रष्टोक्ति ।
६. (वार्ता कसरी गर्ने ?)
सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाको भनाई /सर्वाेच्चको आदेशपछि रिहा भएका वास्तोला सर्वोच्चको गेटबाटै पुनः पक्राउ ।
७.(कम हुँदै संक्रमण)
नेपालमा आज थपिए १ सय २५ कोरोना संक्रमित /आजै ९० जना डिस्चार्ज हुँदा मृतक संख्या शुन्य /देशभर आज १ हजार ५ सय २९ जना सक्रिय संक्रमित ।
८.(बीमाको झन्झट)
कोरोना बीमा दाबी गरेकाहरूले सहज सेवा नपाएकोप्रति सरकारको ध्यानाकर्षण /विवरण नपठाएको कारण रुजु गर्दा नमिलेर बीमितले रकम नपाएमा सम्बन्धित प्रयोगशालाको सम्बन्धन खारेज गर्ने मन्त्रालयको चेतावनी ।
९.(कसले दिन्छ न्याय ?)
चितवनका गोबिन्द पौडेल र जेलभित्रै गोविन्दका दाई शिवप्रसाद पौडेलका हत्यारालाई राष्ट्रपतिबाट आम माफी दिइएपछि न्यायकालागि फेरि लड्ने शिवप्रसादकी श्रीमतीको भनाई/पौडेल दाजुभाइको हत्यामा संलग्न अभियुक्तहरुलाई माफी दिइएपछि पिडित झनै पिडित।
१०.(आउँछ त मेलम्ची ?)
मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः परीक्षण गर्न आजदेखि पानी हाल्न थालियो /सुरुङ भर्न १५ देखि २० दिन लाग्ने /सबै अवस्था सामान्य रहे मेलम्चीको पानी वैशाखमा काठमाडौमा ल्याउने योजना ।
११.(कानून कडा हो ?)
सबैभन्दा बढी चिनियाँ नागरिकसहित पछिल्लो तीन महिनामा नेपालबाट ४० विदेशी नागरिक निष्कासित/ओभरस्टेका कारण मात्र २७ जना र बाँकी अन्य विभिन्न कसुरमा निष्काशनमा परेको अध्यागमनको तथ्यांकमा उल्लेख ।
१२.(पर्यटनको पीडा)
सबै किसिमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचारु गर्न दिन पर्यटन व्यवसायीहरुको सरकारसँग माग /दिनहुँ विरोध प्रदर्शन हुँदा कोभिडको जोखिम नहुने तर विदेशी पर्यटकबाट किन हुने भन्दै प्रश्न /पर्यटकलाई क्वारेन्टाइन र बीमा गरेर आउनुपर्ने मापदण्डलाई खारेज गर्न माग ।
१३.(नाका सहज)
चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालन /नेपाली व्यवसायीले चाहेजति सामान तातोपानी नाका भएर भित्र्याउन सक्ने /रसुवागढी नाका भने अझै अनिश्चित ।
१४.(खेलमा उत्साह)
बैशाख ११ गतेबाट बैशाख २५ गतेसम्म नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग हुने ७ टिमले सहभागिता जनाउने /चैत १७ गते देखि २८ गतेसम्म पोखरा आहा रारा गोल्डकप फुटबल आयोजना हुँदै ।
र,
१५.(विश्वको खबर)
कोरोना महामारी तीव्र रुपमा फैलिन थालेपछि भारतमा निगरानीमा कडाइ /महाराष्ट्रमा सार्वजनिक भेला हुन रोक /सैन्य कू विरुद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूद्वारा देशव्यापी आमहड्ताल /अब साउदीका महिलाहरू पनि सेनामा भर्ती हुन पाउने ।