आजका प्रमुख खबरहरुः
१.(सुरक्षित राख्ने अभियान)
कोरोनाभाईरसको संक्रमणबाट मुलुक र नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पूर्व तयारीको अभियानमा लागेको सरकारको प्रस्टोक्ति/मित्रराष्ट्रले समेत विभिन्न उपकरणमा सहयोग गर्न थालेको र ती उपकरणहरु प्राप्त गर्न थालिसकेको उल्लेख ।
२.(सचेतनाका लागि)
शुक्रबारदेखिका सबै परीक्षा र पठनपाठन अर्को सूचनाजारी नभएसम्मकालागि त्रिभुवनविश्वविद्यालयद्वारा स्थगित/ अर्को सूचना जारी नहुँदासम्मका लागि लोकसेवाआयोगको लिखित परीक्षा पनि स्थगित ।
३.(माफी दिने कि नदिने ?)
कोरोना महामारीको अवस्था प्रति सचेत हुँदै अन्तिम समयमा आएर एसइई स्थगन गर्नु परेपछि राष्ट्रिय परीक्षा बोर्डले माग्यो विद्यार्थी र अभिभावकसँग माफी /परीक्षाका प्रश्नपत्रलगायतका गोप्य सामग्री र उत्तरपुस्तिकाको सुरक्षा गर्न केन्द्रहरुलाई बोर्डको निर्देशन ।
४.(प्रदेसभा स्थगित)
कोरोना भाइरस (कोभिड(१९) को सम्भावित जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेलाहुन रोक लगाएपछि प्रदेश १ को संसद अनिश्चितकालकालागि स्थगित/प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्थागर्न बनेको विधयेक सर्वसम्मतिले पारित ।
५.(विलम्ब शुल्क मिनाह)
सरकारले सरकारी कार्यालयमा भिडभाड कम गर्न मालपोत, विद्युत, र यातायातमा लाग्ने जरिवानावापतको शुल्कमिनाह गर्ने /विलम्बशुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाहगर्ने भन्दै नजान सर्वसाधारणलाई आग्रह ।
६.(सरकारी मै अवज्ञा)
संसदीय समितिहरुद्वारा नै २५ जनाभन्दा बढी भेलाहुननपाईने सरकारी निर्णयको अवज्ञा /राज्यव्यवस्था तथा शुसासन समितिबाहेक केही समितिहरुले बैठक सञ्चालन ।
७.(सांसदको परीक्षण)
विश्वव्यापी बनेको कोरोना संक्रमणको आशंकाका बीच राष्ट्रियसभाका सदस्यहरुको बैठकअघि ज्वरो परीक्षण /सर्वोच्च निकायबाट महत्वपूर्ण कानूनबनाउनुपर्ने बाध्यताले बैठक सञ्चालनभएको सांसद महेश महराको भनाई ।
८.(दुःखको सहयोग)
कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई अमेरिकाद्वारा करिब २१ करोड रूपैंया सहयोग / सहयोग रकम कोरोना रोकथामबारे जनचेतना तथा भाइरसविरुद्ध लड्न प्रयोग गरिने ।
९.(विपत्तको धन्दा)
नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको २० हजार थान मास्कसहित २ जना पक्राउ /काठमाडौंबाट मास्कखरिद गरी भारतमा लगेर बढी मूल्यमाविक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा रात्रीबसबाट मास्क बरामद गरेको प्रहरीको भनाई ।
१०.(जोखिक कम गरौं)
भारतीय सीमा क्षेत्रबाट कोरोनाभाइरसको उच्चजोखिम रहेको गृह मन्त्रालयको निष्कर्ष /चेकजाँचमा कडाई गरी नेपालभित्रप्रवेश गर्न नदिने योजनाका साथ काम भईरहेको जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रमुख अनिल पोखरेलको भनाई ।
११.(कैदी घटाउ)
कारागारमा रहेका कैदीबन्दीको संख्या घटाउन कानून, न्याय तथा मानवअधिकार समितिको सरकारलाई निर्देशन/केही बिरामीलाई सरकारले परीक्षण नै नगरी फर्काएको समाचार आएको उल्लेख गर्दै सबैलाई परीक्षण गर्ने व्यवस्थामिलाउनुपर्नेमाजोड ।
१२.(फोन गोप्य रहेन)
विशेष अवस्थामा अदालतको अनुमतिबिना पनि फोन ट्यापिङ गर्न मिल्ने प्रावधान सहितको विशेष सेवा विधेयक टुंगो लाग्यो/ट्यापिङको आधार र कारण अभिलेखिकरण अनिवार्य गर्नुपर्ने र त्यसलाई अदालतमा प्रमाणका रुपमा प्रयोग गर्न नपाउने ।
१३.(मननयोग्य अपिल)
सबै धर्मावलम्बीहरुलाई धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न पर्यटनमन्त्री योगेश भट्टराईको अपिल /पशुपतिनाथमादर्शन गर्न समेत २५\२५ जनाको दरले जाने र कम्तिमा एक मिटरको दुरीमा रहने व्यवस्थागर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन ।
१४.(दिलदार फिफा)
अन्तर्रा्िष्ट्रय फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संघ संगठन (डब्लुएचओ) लाई १ अर्ब १९ करोड रुपैयाँ अनुदान दिने /कोरोनाका कारण विश्वभर फुटबल गतिविधि ठप्प ।
र,
१५.(संख्या बढ्दै)
विश्वव्यापीमहामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसबाट ज्यानगुमाउनेको संख्याहालसम्म८ हजार ६ सय ५७पुग्यो /विश्वका १ सय ६६ देशमासंक्रमण देखिएको विश्व स्वास्थ्य संगठनको पुष्टि/२ लाख७हजार ८ सय ६० जनासंक्रमित।