१८ जेठ, काठमाडौं ।
दूध तथा दुग्धजन्य पदार्थको निर्यात करीब ४ सय ६५ प्रतिशतले बढेको पाइएको छ ।
आर्थिक वर्ष (आव) २०७६÷७७ को पहिलो १० महीनाको दुग्धजन्य पदार्थको निर्यात परीमाणसँग तुलना गर्दा चालू आव २०७७÷७८ को पहिलो १० महीनामा दुग्धजन्य पदार्थको निर्यात ४ सय ६५ प्रतिशतले बढेको छ । नेपालले विदेशमा घ्यूको निर्यात बढाएकाले निर्यात बढेको हो ।
राष्ट्रिय दुग्ध विकास बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो आवको साउनदेखि वैशाख महीनासम्म १ करोड १६ लाख ४६ हजार रुपैयाँको दुग्धजन्य पदार्थ निर्यात भएकोमा चालू आवको सोही अवधिमा कुल ६ करोड ५६ लाख ५२ हजार रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ निर्यात भएको छ ।
बोर्डका अनुसार सोही अवधिमा आयात भने १४ दशमलव २५ प्रतिशतले घटेको देखाइएको छ ।
आव वर्ष २०७६÷७७ को पहिलो १० महीनाको अवधिमा दुग्धजन्य पदार्थको कुल आयात १ अर्ब ६८ करोड ७४ लाख ३२ हजार रुपैयाँको भएको थियो भने चालू आव २०७७÷७८ को सोही अवधिमा १ अर्ब ४४ करोड ७० लाख ४१ हजार रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको छ ।