विराटनगर,साउन १
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा आलीले श्रद्धान्जली ब्यक्त गरेका छन् ।सुब्बाको निधनप्रति प्रधामन्त्री ओलीले ट्वीटरमार्फत श्रद्धान्जली ब्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन् “ असल जनप्रतिनिधि र इमानदार नेताको छवि भएका धरान उपमहानगर पालिकाका प्रमुख तारा सुब्बाको निधनको अप्रत्यासित खवरले मर्माहत भएको छु।यस दुःखद् घडीमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।शोकाकुल परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछु ।”
धरानका मेयर सुब्बाको काठमाण्डौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराईरहेका सुब्बाको उपचारका क्रममा मंगलबार दिउसो १ बजे निधन भएको छ ।
उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उपमहानगर प्रमुख सुब्बाको फोक्सोमा पनि इन्फेक्सन देखिएको चिकित्सकले बताएका छन्। । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।मृतक सुब्बाका श्रीमती र छोरा छन्। ।