१८ कात्तिक, काठमाडौं ।
बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा पठाएको हो । उनलाई डिल्लीबिजार कारागार लगिनेछ ।यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् ।