निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही

१६ बैशाख, काठमाडौ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका र सहरका ठाउँठाउँमा बिहानदैखि प्रहरी परिचालन गरिएको छ ।

अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिवाहकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।

कोरोना सङ्क्रमणबाट बच्न बिनाकाम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनै पर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न सरकारले आग्रह गरेको छ ।

चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि आजैदेखि निषेधाज्ञा लगाइएको छ ।

दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ भने बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

भर्खरको समाचार

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

सम्बन्धित समाचार

Scroll to Top