नेकपाको स्थायी समितिको बैठक एक घण्टा बसेर स्थगित

१७ असार, काठमाडौँ । सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक एक घण्टा बसेर स्थगित भएको छ ।

बुधबार बालुवाटारमा बसेको पाँचौं दिनको बैठक एक घण्टा बसेर स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संघीय संसद्को बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएपछि त्यसमा सांसदहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सांसद छन्त्यालको बुधबार बिहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । बैठकमा मंगलबारकै एजेन्डा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रित रहेर बैठकमा पाँच नेताले आफ्ना धारणा राखेका छन् ।

लीलामणि पोखरेल, मातृका यादव, नन्दकुमार प्रसाई र पेशल खतिवडा र योगेश भट्टराईले धारणा राखेका छन् । जसमध्ये चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनमा दिनुपर्ने सुझाव दिएका छन् । तर, पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले भने पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन नेताहरुलाई सुझाव दिएका छन् ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top