जाजरकोट,फागुन २
बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस आज साँझ भेरी नदीमा खसेको छ ।

करिब सात बजे जाजरकोटको भेरी नगरपालिका १ को खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई मिटर अगाडिबाट भे १ ख १३२९ बस भेरीमा खसेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बस दुर्घटनाको पुष्टि गर्दै उद्घारका लागि टोली परिचालनको तयारी भइरहेको जानकारी दिए ।

सो बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ ।(कान्तिपुरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *