६ जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकार मात्तृभूमिको हितलाई सर्वोपरी ठानेर त्यसैका निम्ति सरकार समर्पित रहेको स्पष्ट पारेका छन् ।
नीति तथा कार्यक्रममाथि जवाफ दिईसकेपछि सांसदहरुले राखेको प्रतिप्रश्नको जवाफ दिदै उनले सरकार कसैको दबाबमा नपरेको तथा नेपाल र नेपालीको सार्वभौम, समानता, स्वाधिनता र स्वभिमानलाई प्राणभन्दा प्यारो ठानेर त्यसैमा समर्पित भएको स्पष्ट पारेका हुन् ।
उनले सिमा अतिक्रमणको विषय उठाएकोमा ‘अरुको उक्साहटमा लागेर नेपालले बोल्यो’ भन्नु नेपाललाई हेच्याउने र अपमान गर्ने कुरा भएको भन्दै उनले नेपाल कसैको उक्साहटमा नपर्ने स्पष्ट पारे । उनले भने “गुलामीलाई कहिल्यै स्वीकार नगरेको, स्वभिमानका निम्ति बलिदान गरेको, दासता अस्वीकार गरेको स्वाभिमानी राष्ट्र हो ।
कसैको उक्साहट र बहकाबमा चल्दैन । सबैले बुझ्ने गरि म भन्न चाहन्छु ।”
सिमा अतिक्रमणबारे
अतिक्रमित जमिनफिर्ता लिन सहज नभएपनि नक्सा सार्वजनिक गर्नुले दृढता सार्वजनिक गरेको भन्दै मुलुकको शक्तिले न्याय निरुपणमा प्रतिबिम्बित हुनु हुदैन भन्ने पक्षमा सरकार रहेको स्पष्ट पारे ।
उनले विवादित भूमिको समस्या समाधान गर्नकालागि भारत बार्ताको टेबलमा बस्नुको विकल्प नभएको र वार्तामा सहभागी हुनेछ भन्ने विश्वास सरकारले लिएको बताए । नेपाल सरकार भारतसँग तनाब नभई तनाबरहित मित्रता चाहेको भन्दै उनले भूमि सम्बन्धी इतिहासका त्रुटी सच्याएर मित्रतालाई उचाईमा लैजानुपर्नेमा जोड दिए ।
उनले भूमि सम्बन्धी विवाद तथ्य र वार्ताका आधारमा टुंग्याएर वास्तविक र मन देखिको मित्रता देखाउन भारतलाई नेपाल सरकारले आग्रह गरेको बताए ।
ओम्नी बारे
प्रधानमन्त्रीओलीले स्वास्थ्य सामाग्री खरिदमा अनियमिता भएको प्रमाणित भए कारवाही गरिने प्रतिवद्धता जनाए ।
उनले भने “यदि कसैले एक रुपैया पनि तलमाथि गरेको छ भने, भ्रष्टाचार गरेको छ भने, अनियमितता गरेको छ भने, त्यस विषयमा छानविन हुन्छ । कारवाही हुन्छ । कोहीपनि कारवाहीबाट उम्कन सक्क्तैन । तर हरेक कुरामा भ्रष्टाचार मात्रै देख्नु र अप्रमाणित ढंगले, जो मन परेको छैन । जो रिस उठेको छ त्यससंग लगेर जोडिदिनु ।
स्वस्थ्य तरीका होइन । यो हाम्रो भ्रष्टाचार विरोधी भावना र अभियान पनि हुन सक्क्तैन । ”स्वास्थ्य संकटको राष्ट्रिय स्थितिमा भएका बेला स्वास्थ्य अवस्थाको जटिल परिस्थितिका कारण कानुनको वास्ता नगर्ने अवस्था रहेको उनले स्पष्ट पारे ।
सामान्य अवस्थाको खरिद प्रक्रिया नभई विशेष अवस्थाको खरिद प्रक्रिया भएको दाबी गर्दै उनले निराधार कुरा नगर्न पनि चेतावनी दिए । विशेष अवस्थामा मन्त्रालय र सम्बन्धीत विभागका प्रमुखले खरिद प्रक्रिया छोटो प्रक्रियाबाट अघि बढाउन पाउने र स्वास्थ्य विभागका निर्देशकले ती काम गर्ने उनले स्पष्ट पारे ।
उनले “एउटा एउटा कम्पनीको पक्ष लिने, एउटा एउटा कम्पनी बोकेर हिड्ने र त्यो कम्पनीले पाउनु पथ्र्यो भन्ने । त्यसले पाएन भने उपध्रो मच्चाउने खालका प्रवृत्तिहरुको शिकार हामी हुनुहुदैन । ओम्नी भनेको मैले सुनेको पनि थिएन । कसको के हो थाहा पनि थिएन । र व्यापार बिजनेसको कारोबार मेरो विषय होइन । ”
जाँच किटमा पनि भ्रष्टाचारको भन्ने सांसदहरुको प्रश्नमा उहाँ देशै आतंकित भएका बेला भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने आश्वासन दिए । उनले भने जाँचतिर लाग्ने कि भ्रष्टचार तिर ?जाँच संगै भ्रष्टचारमा सजग हुने ।