नेपाल एयरलाइन्सले कसरी गर्दैछ नेपालीहरुको उद्धार ?

१६ असार, काठमाडौँ ।
नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने काम गरिराखेको छ । लकडाउन सुरु भएयता मंगलबार बिहान सम्म एयरलाइन्सले ६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुलाई सेवा दिइसकेको छ । विमानमा यात्रा गर्दा कोभिड–१९ रोकथामका लागि अपनाइएको सुरक्षाका विधिहरु भने विश्वका अन्य एयरलाइन्सले अपनाएको भन्दा कम नभएको एयरलाइन्सले बताएको छ।

नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख.दीपु जुहारचनले कोरोना अपरेटिङ प्रोसिड्युअर बनाएर चार्टड उडानलाई व्यवस्थित गरिएको बताए । उनले यात्रुसँग सकेसम्म सम्पर्क कम होस भन्ने उद्देश्य अनुसार खाने कुरामा प्याक्ड सर्भिस उपलब्ध गराइएको जानकारी दिए । यस्तै विमान भित्र कुनैपनि यात्रुलाई कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखा परेमा तत्काल आइसेलेटेड गर्ने व्यवस्था विमान भित्रै गरिएको जुहारचनले बताए । उनले भने ‘कुनै प्यासेन्जरलाइई केही लक्षणहरु देखियो भने इनफ्लाइट म्यानेज गर्नेगरी इनफ्लाइट आइसोलेसन जोन पनि बनाएका छौं ।’ योसँग विमान भित्र केही समस्या भएमा तत्काल आइसोलेसनमा राख्ने र संक्रमणको जोखिम कमगर्ने मेजर्सहरु अपनाइएको उनले बताए । चालकदलका सदस्यहरुलाई घर जान नदिई होटल क्वारेनटाइनको व्यवस्था गरिएको समेत जुहारचनले बताए । उनले भने ‘उडान भरेपस्चात आफ्नो घरमा गएर बुढाबुढि आमाहरु कोही होलान सायद या कुनै बालबच्चाहरु होलान वहाँहरुसँग सिदा सम्पर्कमा नआओस भनेर हामीले क्वारेन्टाइनको सेटअप गरेका छौं सोलटी होटलमा । उडान भइसकेपछि पनि घर जानु अगावै हामीले पीसीआर टेस्टिङ गरेर नेगेटिभ रिजल्ट आइसकेपछि घर पु¥याइदिने व्यवस्था गरेका छौं ।’

लकडाउनको अवधिमा नेपाल एयरलाइन्सले कार्गो पठाउने र भित्र्याउने काम पनि राम्रो पाएको छ । यस्तै यो अवधिमा करिब २० हजार यात्रु नेपाल भित्रिएको जुहारचनले बताए । उनले भने ‘यो अवधिभरी हामीले १ लाख ८४ हजार १ सय ८७ केजी कार्गो नेपालबाट बाहिर पठाएका छौं । त्यस्तै १ लाख ९३ हजार ९ सय २७ केजी कार्गो भित्र्याएका छौं । यो बिचमा हामी १४ वटा नयाँ गन्तव्य छ हाम्रो । लगत्तै थ्रि थर्टिमा २ सय ७० र ३२० जहाजमा १ सय ४५ यात्रुको अन्दाजि गर्दा लगभग करिबकरिब १० हजार जति यात्रु ओसारी सकेका छौं ।’

नेपाल एयरलाइन्सका पाइलत सुरज भण्डारीले कुनैपनि उडान भर्दा गम्भिरतापूर्वक नै स्वास्थ्य सतर्कता अपनाइएको बताए । उनले कोरोना भाइरसको सम्बन्धमा सम्पूर्ण जानकारी राखिएकाले कुनै डर नभएको बताए । नियमित उडान नभएपछि चार्टड उडानमार्फत नयाँ एयरपोर्टमा पुग्न परेको अवस्थामा स्वास्थ्यलाई प्राथमिकता दिएर भौतिक दूरी कायम गर्दै गम्भिरतापूर्वक सावधानी अपनाइएको उनले बताए । भण्डारीले नेपाल एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर स्टाण्डर्ड अपरेटिङ प्रोसिड्युअर बनाएको र त्यहि अनुसार नै काम गरिएको बताए । ति सबै जानकारीलाई सही तरिकाले प्रयोग गर्न आफुहरुले ध्यान दिएकोले कुनै असुरक्षाको महसुस नभएको भण्डारीले बताए । उनले भने ‘उपलब्ध जानकारीहरुलाई सही तरिकाले कार्यान्वयन गरेर आफुलाई कसरी सुरक्षित गर्ने र हामीसँग यात्रा गर्ने यात्रुहरुलाई कसरी सुरक्षित गर्ने त्यो तरिकाबाट काम गरिरहेको हुनाले त्यस्तो डर छैन ।’ उनले एकजना पाइलटले दिनमा एक वटा मात्रै उडान गरिराखेको बताए । पाइलटलाई थकान नहुने गरी तालिका मिलाइएको बताए । उनले भने ‘हामी पाइलटहरुले अधिकतम दिनको एकवटा फ्लाइट गरिराखेका छौं । हाम्रो जुन नीति नियमहरु छ त्यसभित्र बसेर पाइलटलाई थकान नहुने हिसाबले, आरामलाई पनि ध्यान दिएर उडान गरिएको छ ।’

पाइलट भण्डारीका अनुसार विदेशको एयरपोर्टमा भन्दा नेपालको एयरपोर्टमा बढी स्वास्थ्य सावधानीका विधिहरु अपनाइएको बताए । उनले भने ‘एक हप्ताको दौरानमा म आफु व्यक्तिगत रुपमा मल्दिभ्स, बहराइन, दुवै र आज मलेसिया गएर फर्कियौं त्यहाँ जुन स्टाण्डर्ड प्रोसिड्युअर्सहरु छ यहाँपनि त्यसरी नै व्यवस्थापन गरिएको छ । सोसियल डिस्टेन्स मेन्टेन गर्ने काम भइराखेको छ त्यहाँ पनि । एउटाकुरा फरक हाम्रोमा के हो भने वहाँहरुले जसरी यात्रुलाई एकैचोटि हुलमा लगेर जाने गर्नुभएको छ हामीले ३०÷३० जना लिएर गइराखेका छौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको मार्किङ्सहरु, स्यानिटाइजरको व्यवस्था, र डाक्टरहरु जुन स्ट्याण्डबाई बसिराख्नु भएको छ त्यो हिसाबले मलाई त हामी पनि अरु देशहरुको म्यानेजमेन्टको तुलनामा एकदमै राम्रो छौं जस्तो अनुभुति भइराखेको छ ।’ उनले पाइलट, परिचारिका लगायत सबै कर्मचारीलाई होटल क्वारेन्टाइनमा राखिएकाले भाइरस सर्छ भन्ने कुनै सम्भावना नरहेको बताए । त्यसका लागि भौतिक दुरी कायम गर्ने, पीसीआर परीक्षण गर्ने लगायतका सुविधाहरु कम्पनीले दिने भएकाले संक्रमण फैलिने कुनै जोखिम नभएको बताए । उनले भने ‘‘अब सोसियल डिस्टेन्स मेन्टेन गर्ने, हामीलाई कम्पनीले पीसीआर परीक्षण पनि गरेर पठाउँछ । त्यस्तै अहिले त हामी क्वारेन्टाइनमा छौं । क्वारेन्टाइनबाट निस्किसकेपछि हामी के कन्फिडेन्स भएर निस्कन्छौं भने हामीलाई कोरोना भाइरसको इन्फेक्सन छैन भन्ने कन्फिडेन्स भएर निस्कने भएको हुनाले हामी आफु कन्फिडेन्स भइसकेपछि त्यस्तो डराउनुपर्ने अवस्था छैन र अरुले पनि अहिले सम्म त्यस्तो व्यवहार गरेको महसुस गरेका छैनौं ।’ उनले महामारीको अवस्थामा आफै अनुशासित बन्नुपर्ने बताए । उडानको क्रममा गर्न हुने र गर्न नहुने सम्बन्धमा नेपाल एयरलाइन्स, डब्लुएचओले दिइको निर्देशिका अनुसार काम गरिएको उनले बताए ।

विमानकी परिचारिका शोनिका केसीले सामान्य अवस्थामा भन्दा अहिले मनोविज्ञानमा फरक पर्ने गरेको बताइन । यात्रुसँग बोल्दा, सिकाउँदा, साबधानी अपनाएर काम गर्नुपरेकाले केही फरक महसुस भइरोखेको बताइन् । उनले भनिन ‘पहिला साइकोलोजिकल्ली त्यस्तो केही पनि हुँदैन थियो । उडानबाट नर्मल आयो गयो त्यस्तो केही हुँदैन थियो । तर अहिलेको समयमा धेरैकुरा सोच्नुपर्ने हुन्छ । जस्तै यात्रुसँग डिल गर्दाखेरी उहाँहरुसँग डिस्टेन्स मेन्टेन गरेर बोल्नुपर्ने, उहाँहरुलाई सिकाउन पर्ने, क्याबिनमा हिंडदा पनि धेरै हिडडुल नगर्नुस भनेर भन्नुपर्ने हुन्छ । खानाको कुरामा पनि पहिला हामीले हटमिल दिन्थ्यौं भने अहिले चाहिं प्याकिङ मिल दिन्छौं । सकेसम्म कम नै कुरा गर्छौं । ’

उनले अहिलेको अवस्थाको बारेमा सबै यात्रु जानकार हुने भएकाले पनि काम गर्न सजिलो भएको बताइन् । यात्रुहरु पनि आफै सुरक्षित हुने हुँदा डर मान्नु नपर्ने तर अझैपनि सकेसम्म धेरै सम्पर्कमा नआउँ भन्ने मानोविज्ञानले काम गर्ने बताइन् । तुलनातमक रुपमा विदेशी एयरलाइन्सहरु भन्दा नेपालको एयरलाइन्समा कुनै कमि नभएको परिचारिका केसीले बताइन । उनले भनिन ‘अफिसले जुन सेफ्टी मेजर्स अपनउनुपर्ने हो त्यो चाहिं सबै नै अपनाउनुभएको छ । जस्तो पीपीई लगाउँछौं, फेस सिल लगाउँछौं, मास्क जतिबेला पनि हुन्छ । स्यानिटाइज गरिराख्छौं । ग्लोब्सहरु पनि अलिकति कन्टामिनेन्ट हुन्छ कि भनेर परिवर्तन गरिराखेका हुन्छौं । त्यहि भएर बाहिर जति छ हाम्रो पनि त्यहि अनुसार नै छ जस्तो लाग्छ मलाई ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि हवाई उडान पनि बन्द रहेको थियो । तर पछिल्लो समय विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वादेश फिर्ता ल्याउने भएपछि भने नेपाल एयरलाइन्सले चार्टड उडान मार्फत बिजनेस पाएको हो । विश्वभर कोरोनाको संक्रमण फैलिएको अवस्थामा विभिन्न मुलुकमा चार्टड उडान गर्नु निकै जोखिमपूर्ण छ । यस्तो अवस्थामा एयरलाइन्सका पाइलट तथा परिचारिकाहरुले कसरी स्वास्थ्य सतर्कता अपनाइरहेका छन त्यो महत्वपूर्ण हुन्छ । त्यसैले अहिले सम्म नेपाल एयरलाइन्सले अपनाएका सावधानीहरु विश्वका अरु एयरलाइन्सहरुले गरेका सावधानी जत्तिकै रहेको एयरलाइन्सका कर्मचारीहरुले बताएका छन् । त्यसैले जुलाई ८ देखि नेपाल एयरलायन्सले युएन को फ्लाइट गर्ने तयारी समेत गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top