नेपाल–खनालले पार्टीमाथि धावा बोले कारबाही गर्छुः ओली

३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाईलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु विरुद्धका सबै विरोध र टिकाटिप्पणीलाई सहदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका हुन् । उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने “ठीक लगाउने” चेतावनी दिए । उनले भने “पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने । बघिजी तब सम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाईने छ । बोलिरहनुभएको छ तर म सिमा हेरिहेको छु । तपाईहरुलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।”

उनले नेपाल समूहले आफुलाई गरेको कारवाही ‘किर्नाले भैसी खाए‘ जस्तो भएको भनी व्यंग्य गरे । प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफुले राजीनामा नदिने उल्लेख गर्दे समर्थन फिर्ता लिने चुनौति दिए । उनले आफुलाई कसैको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान भने । उनले भने “प्यादाले मन्त्री खान्छ चेसमा । भुसुनाले लामखुट्टेले हात्ती खान्छ । उपियाँले मान्छे खान्छ । कति खान्छ ? तीनीहरुले कम्युनिष्ट आन्दोलन खान्छु भनेको त्यही हो । उपियाँले मान्छे खाए जस्तो । किर्नाले भैसी खादैन । किर्नाले भैसी खान्छ नि । किर्नाले भैसी खाएको देख्नुभएको छ कि छैन । यीनीहरुले गरेको हामीलाई कारवाही त्यस्तै हो । किर्नाले भैसी खाए जस्तै । किर्नाले भैसी खाने ? मनको यीनको रहर हो । तर हामी किर्ना किर्नाकै ठाउँमा हुन्छ । भैसी भैसीकै ठाउँमा हुन्छ । सन्तोष गर्न पाईन्छ किर्नाले भैसी खाएकै हो । भैसी खायो खायो खायो पुटुक्क भयो किर्नु फुत्रुक्क झ्रयो । मजाले भैसी खाया,े पुटुक्क भयो , फुत्रुक्क झ्यो । कति रोएका ? राजीनामा देऊ राजीनामा देऊ । हटाउन न । हटाउ ! समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाउ । केही पनि गर्न नसक्ने राजीनामा देउ राजीनामा देउ । म संग बहुमत छ । बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लिऊ । लैजाउँ । चाहिएको छैन तिम्रो समर्थन । लैजाउ । ”

Advertisement

प्रधानमन्त्री ओलीले आफै सांसद बन्न नसक्ने हैसियतमा पुगेका नेता नेपालले टिकट दिन्छु भन्ने गरेको भन्दै व्यंग्य गरे ।
उनले भने “कांग्रेसकोमा जान्छन् रुन कराउन । अनि जसपाका जान्छन् । अनि हल्ला फैलाउँछन् । केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुहोस् । म दिन्छु टिकट । टिकट त बसपार्कमा बाडेको बाडेई छ त । माधव नेपालले टिकट बाड्न सक्नुहुन्छ ? अब सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफै बन्नुहुन्न अर्कालाई के बनाउनुहुन्छ ? ”

क्षमायाचना गरे माधव नेपाललाई पार्टीमा काम गर्न दिने

Advertisement

प्रधानमन्त्री ओलीले अपराधपुर्ण क्रियाकलापको क्षमायाचना गरे माधव कुमार नेपाललाई पार्टीमा काम गर्न दिईने भन्दै फर्किन आव्हान गरे । उनले पार्टीमा रहेर काम गर्न दिईने तर गुटबन्दी गर्ने छुट नदिने चेतावनी दिए ।

उनले भने “म उहाँहरुलाई अहिले पनि भन्न चाहन्छु । पार्टीबाट उहाँहरुले यति उपद्रोव गर्दा पनि निष्कासन गरिएको छैन । आत्माआलोचना गरेर फर्केर आउनुहोस् । आफ्नै पार्टी हो । आउनुहोस् तपाईहरुलाई आफ्नै पार्टीको रुपमा व्यवहार गरिन्छ । आउनुहोस् । गल्ती महसुस गरेर आउनुहोस् । गल्ती महसुस गरेर आएर काम गर्न विनाभेदभाव दिईन्छ । तर गुटवन्दी चल्दैन । गुटवन्दी हुदैन । समुहगत रुपमा पार्टीले कुनै गुटलाई मान्यता दिएर कुरा गर्देन । पार्टी फुटाएर, फुटेको एउटो चोइटोलाई पार्टीको मान्यता कहिलेही पनि दिदैन पार्टीले । व्यक्तिगत तबरमा माधव नेपाल जी आएर पार्टीमा काम गर्छु भन्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपुर्ण क्रियाकलापको क्षमायाचना गर्नुहोस् । ”

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top