नेपाल र युरोपेली संघबीचको बैठक काठमाडौंमा सुरु

२२ कार्तिक २०७६

२२ कार्तिक, काठमाडौं । नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु भएको छ । हरेक २ वर्षको अन्तरालमा हुने यो बैठक यो वर्ष काठमाडांैमा भएको हो ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व परराष्ट्र सचिव शकंरदास वैरागीले गरेका छन् भने युरोपेली संघको तर्फबाट एशिया–प्रशान्त क्षेत्र हेर्ने नायब निर्देशक पाओला पम्पालोनीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

यो बैठकमा मुख्यगरी युरोपेली सघले नेपाललाई उपलब्ध गराउदै आएको आर्थिक तथा विकास सहायता र संयुक्त लगानीको विषयमा छलफल हुनेछ ।

यसका साथै युरोपेली संघले विश्वब्यापी रुपमा वकालत गर्दै आएको पर्यावरण संरक्षण सम्बन्धि नेपालमा हुदै आएको कार्यक्रमको मुल्यांकन पनि गरिनेछ । युरोपेली सघले नेपाल सरकारलाई उपलब्ध गराउदै आएको व्यापार–वाणिज्य,ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संशाधन विकासका क्षेत्रमा संचालित कार्यक्रमको बारेमा पनि छलफल हुने कार्यतालिका छ ।

नेपाल र युरोपेली संघबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता संघले नेपालको आर्थिक एवं सामाजिक विकाशको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

संघले यसका अलावा नेपालको राजनीति र बिकसित घटनाहरुमा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको छ र यो सधैं चर्चा र बिबादित बन्ने गरेको छ। पारस्परिक लाभका विषयमा सहयोग आदान प्रदान गर्न १९८६ मा युरोपेली संघ संयुक्त आयोगको स्थापना भएको हो ।

यसको प्रधान कार्यालय ब्रसेल्समा रहेको छ । अर्को दुई वर्ष पछि नेपाल सरकार युरोपेली संघ संयुक्त आयोगको बैठक ब्रसेल्समा बस्ने छ ।

Facebook Comments

विज्ञापन बक्स