पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

काठमाडौँ, साउन ४

सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ । पर्यटन प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले ‘अफ सिजन’मा पनि पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएको थियो ।

तुलनात्मक रुपमा कम पर्यटक आउने मौसममा पनि बाह्य पर्यटकको संख्या बढ्नुले उत्साहित बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । “अफ सिजनमा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको छ । पूर्वाधारको सीमिततामा थप पर्यटक भित्र्याउने अभियान चलाएका कारण यसमा सकारात्मक प्रभाव परेको देखिन्छ । आगामी दिनमा प्रवद्र्धनात्मक गतिविधिलाई थप प्रभावकारी बनाइन्छ”, उनले भने ।

पर्यटक वृद्धि हुनुको पछाडि निजी क्षेत्रले गरेको प्रयास सकारात्मक देखिएको छ । नेपालका व्यवसायीले भारतका विभिन्न शहरमा पर्यटन प्रवद्र्धनको काम गरेका छन् । पोखराका पर्यटन व्यवसायीले गर्मी छल्न ‘पोखरा आउनुहोस्’, ‘चलो पोखरा’ जस्ता अभियान सञ्चालन गरेका छन् ।

जुन महिनामा बंगलादेशी पर्यटकको संख्या अकस्मात् बढेको छ । विभागको तथ्यांकअनुसार सन् २०१८ को जुनमा एक हजार ८५० बंगलादेशी पर्यटक नेपाल आएका थिए  । सन् २०१७ को जुनमहा कूल तीनजना बंगलादेशी पर्यटक मात्र नेपाल आएका थिए ।

भारतीय र चिनियाँ पर्यटक बढे 

पछिल्लो तथ्यांकअनुसार नेपाल आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । बोर्डका अनुसार पछिल्लो छ महिनामा ९६ हजार ३७२ भारतीय पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको छ महिनाको तुलनामा १९ प्रतिशतले बढी हो ।

यस्तै चीनबाट ७१ हजार हजार ३७९ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । प्रतिशतका आधारमा चीनबाट नेपाल आउने पर्यटकको संख्यामा ३४.१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकाबाट ४३ हजार ८१६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १५.३ प्रतिशत बढी हो । जापानबाट १३ हजार ८५१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

दक्षिण एशियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट कूल एक लाख ३१ हजार ७३० पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत आवको सोही अवधिमा एक लाख २३ हजार ३८ पर्यटक नेपाल आएका थिए । यो गत वर्षको सोही अवधिको तुलनामा २५.३३ प्रतिशतले बढी हो ।

युरोपेली मुलुक अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इजरायल, इटाली, नेदरल्याण्ड, पोल्याण्ड, स्पेन, स्विडेन, स्विट्जरल्याण्ड, संयुक्त अधिराज्य बेलायत र रुसबाट पछिल्लो छ महिनामा एक लाख दुई हजार ४०४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ती देशका ९१ हजार ३८५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो १९.६९ प्रतिशतले बढी हो ।

अष्ट्रेलिया र न्यूजिल्याण्डका १८ हजार ६७३ जनाले छ महिनामा नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा १७ हजार ३०७ जनाले नेपाल भ्रमण गरेका थिए । यो करीब ३.५९ प्रतिशतले बढी हो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । करीब २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसमेत राखिएको छ । त्यसका लागि भौतिक पूर्वाधारको विकास र पर्यटनमैत्री संरचनाको विकासमा ध्यान दिइएको छ । सरकारले विदेशमा रहेका कूटनीतिक नियोगलाई पनि नेपालका बारेमा प्रचारप्रसार गर्न र पर्यटकलाई नेपाल भ्रमणमा पठाउन आग्रह गरेको छ । विदेशका विभिन्न शहरमा नेपाल प्रवद्र्धनका कार्यक्रम भइरहेका छन् । गैरआवासीय नेपाली संघले समेत नेपाल प्रवद्र्धनका कार्यक्रम गरिरहेका छन् ।

होटल एशोसिएसन अफ नेपालका महासचिव विनायक शाहले पर्यटक आगमनमा वृद्धि हुनुलाई सकारात्मक रुपमा लिएका छन्। राजनीतिक स्थिरता, स्थिर सरकार तथा नीतिगत रुपमा गरिएका केही सुधारका कारण पर्यटक बढ्न थालेको जानकारी दिँदै उनले भने, “सन् २०१७ देखि नै पर्यटक आगमनमा वृद्धि भएको हो । यसले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षलाई समेत सकारात्मक सन्देश प्रदान गर्ने र सफल बनाउन लाग्नुपर्छ ।”

नेपाल वायु सेवा निगमले हालै भित्र्याएको वाइड बडी जहाज, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमण र आगामी दिनमा हुने चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणले समेत पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको विश्लेषण छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले तुलनात्मक रुपमा पर्यटकको वृद्धि हुनुलाई सकारात्मक रुपमा लिन सकिने टिप्पणी गरे । उनले पछिल्लो समय धार्मिक पर्यटनमा वृद्धि भएको भए पनि पदयात्रामा जाने पर्यटक भने कमै मात्रामा नेपाल भित्रिएको जानकारी दिए । उनले भने, “पर्यटन क्षेत्रमा फैलाइएको गलत अफवाहलाई नियन्त्रण गरेर स्वच्छ, मर्यादित, व्यवस्थित पर्यटन प्रवद्र्धन गर्नुपर्छ । त्यसका लागि सरकार, व्यवसायी सबैले सकारात्मक पहल गर्नु आवश्यक छ ।”
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top