पर्वतारोहीलाई श्रीमती पाउन गाह्रो, पर्वतारोहणप्रति नयाँ पुस्ता उदासीन

२० कात्तिक ७६, बिहीबार

२१ कात्तिक, काठमाडौं । खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ।

सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई विद्यार्थीले मात्र ‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भनेका छन्।

दशैं–तिहारको लामो बिदापछिको पहिलो दिन गत आइतबार विद्यालय आएका सीमित विद्यार्थीमध्ये सर्वेक्षणमा सहभागी हुन चाहने विद्यार्थीमा गरिएको यस सर्वेक्षणमा १० छात्रा र १७ छात्र सहभागी थिए।

सहभागीमध्ये पर्वतारोहणमा विश्वप्रसिद्ध मानिएको जाति शेर्पा समुदायबाट १० छात्र र चार छात्रा सहभागी थिए भने अन्य सहभागी राई र तामाङ समुदायका बढी थिए।‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भन्ने दुई मात्र शेर्पा छात्र कक्षा १० मा अध्ययनरत छन्।

उनीहरूले पर्वतारोहण गर्न इच्छा देखाउनुको कारणमा ‘यो बहादुरीको काम हो, नेपाललाई हाम्रा बाबु–बाजेले यही काम गरेर चिनाए, हामीले पनि चिनाउनुपर्छ’ भनेका छन्।

तर, सर्वेक्षणको रमाइलो पक्ष के थियो भने चार शेर्पा छात्रासहित सहभागी १० छात्रालाई तपाईं कस्तो श्रीमान् वा जीवनसाथी चाहनुहुन्छ भनेर गोप्यरूपमा लेखेर दिन भनिएकोमा कसैले पनि ‘म पर्वतारोही श्रीमान् चाहन्छु’ भनेनन्।

पाँच जनाले मेडिकल डक्टर, तीन जनाले पत्रकार र दुई जनाले इन्जिनियर श्रीमान् वा जीवनसाथी भइदिए हुन्थ्यो भन्ने इच्छा प्रकट गरे। यो समाचार आजको नेपाल समाचारपत्रमा कपिल काफ्लेले लेखेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top